२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध



अ+ अ-

एजेन्सी । युक्रेनले शुक्रबार रुसी मुलका पावेल दुरोभले स्थापना गरेको सामाजिक सञ्जाल राष्ट्रिय सुरक्षाका लागि “खतरा” रहेको भन्दै आफ्नो सरकार, सेना र सुरक्षा अधिकारीका लागि ‘टेलिग्राम’को प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

युक्रेन र रुस दुबैमा सञ्चारको मुख्य स्रोतका रुपमा प्रयोग हुने सामाजिक सञ्जालमा व्यक्तिगत डाटा र सन्देशहरूमा रुसको पहुँच हुन सक्ने चेतावनी कियभले दिएको छ ।

“राष्ट्रिय सुरक्षा र रक्षा परिषदले सरकारी विभाग, सैन्य संरचना र महत्वपूर्ण पूर्वाधार सुविधामा टेलिग्रामको प्रयोग प्रतिबन्धित गर्ने निर्णय गर्यो”, सुरक्षा परिषद्ले फेसबुकमा एक विज्ञप्तिमा भन्यो, “यो राष्ट्रिय सुरक्षाको कुरा हो।“

युक्रेनका अनुसन्धान प्रमुख किरिलो बुदानोभले टेलिग्राममार्फत मस्कोले प्रयोगकर्ताहरूको व्यक्तिगत डाटा सहित अन्य सुचना प्राप्त गर्नसक्ने आशङ्का व्यक्त गर्नुभयो । “यो अभिव्यक्ति स्वतन्त्रताको कुरा होइन, यो राष्ट्रिय सुरक्षाको कुरा हो”, उहाँले भन्नुभयो ।

एकजना उच्च पदस्थ सुरक्षा अधिकारीले यो प्रतिबन्ध आधिकारिक सञ्चारमा मात्र लागू हुने बताउनुभएको छ ।

टेलिग्राम सजिलै ह्याक हुनसक्ने भएकाले रुसले सजिलै सुचना लिक गर्नसक्ने स्रोतले जनाएको छ ।

“नागरिकहरुले भने यसको प्रयोग गर्न सक्नेछन, कुनै प्रतिबन्ध छैन”, स्रोतले बताएको छ ।

टेलिग्रामका संस्थापक दुरोभलाई अवैध सामग्री प्रकाशित गरेको अभियोगमा गत महिना फ्रान्समा पक्राउ गरिएको थियो ।