२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मुभी लभर्स कम्युनिटी’ले ‘आँखा’को विशेष प्रदर्शन गर्ने



अ+ अ-

काठमाडौं। सामाजिक सञ्जालमा चर्चित ‘मुभी लभर्स ग्रुप’ले असोज ८ गते चलचित्र ‘आँखा’को विशेष प्रदर्शन गर्ने भएको छ । जौन योञ्जनको निर्माण र निर्देशनमा बनेको ‘आँखा’ले सहरी गरिब र सुकुम्वासीको कथा बोकेको छ । पोस्टर र टिजर सार्वजनिक भएसँगै ‘आँखा’ले दर्शकको ध्यान तानेको थियो ।

स्थापनाको दशौँ वार्षिकोत्सवको अवसर पारेर ‘मुभी लभर्स कम्युनिटी’ले यो चलचित्र विशेष प्रदर्शन गर्न लागेको हो । मूलधारभन्दा फरक चलचित्रलाई आम दर्शकसामु पुर्‍याउन र त्यसमा बहस गर्न विशेष प्रदर्शन गर्न थालिएको कम्युनिटीले जनाएको छ । ‘राम्रा नेपाली फिल्मलाई माया गरौँ भन्ने हाम्रो आवाजलाई थप बल दिन यो स्क्रिनिङ गर्न लागेका हौँ,’ कम्युनिटीले आफ्नो पोस्टमा भनेको छ, ‘हाम्रो दशौँ वार्षिकोत्सवलाई ‘आँखा’सँगै मिलेर मनाउँदै छौँ । हाम्रा लागि यो ठूलो सफलता र गौरवको कुरा हो ।’

‘आँखा’मा स्मिता लामिछाने, आरके मेहता, विजय बराल, निशा अधिकारीलगायत कलाकारको मुख्य भूमिका छ ।

‘मानवता, सामाजिक दबाब, नैतिकता र गरिबी जस्ता विभिन्न जटिल विषयवस्तुहरू अन्वेषण हुन जरुरी छन्,’ निर्देशक योन्जन भन्छन्, ‘यो फिल्म आधुनिक समाजमा तल्लो वर्गको दुःख र बाँच्नका लागि मानिसहरूले गर्ने सङ्घर्षको मार्मिक दृष्टिकोण हो ।’ दुःख पनि एक्लोपन जत्तिकै भयानक र त्रासद हुन्छ भनेर दर्साउन ‘आँखा’को रमाइलो कथा तयार गरिएको उनी बताउँछन् ।

‘मुभी लभर्स कम्युनिटी’ले केही वर्षदेखि फरक धारका चलचित्र विशेष प्रदर्शन र बहस गर्दै आएको छ । ‘ऐना झ्यालको पुतली’, ‘हल्कारा’, ‘आचार्य’, ‘डाकिनी’, ‘म अलप हुन चाहन्छु’ लगायत चलचित्र र वृत्तचित्र प्रदर्शन गरिसकेको कम्युनिटीले नेपाली चलचित्रलाई सबै खाले दर्शकसम्म पुर्‍याउन सेतुको भूमिका खेल्दै आएको बताएको छ ।

यो चलचित्र असोज ८ गते मङ्गलवार बेलुकी ५ बजे सुनधारास्थित सिडीसी सिनेमामा प्रदर्शन हुनेछ । टिकट वेबसाइट https://movieloversnp.com/product/aakha/  बाट खरिद गर्न सकिन्छ।




भर्खरै