३१ श्रावण २०८३, आईतवार
,
Latest
सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘ इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु व्यावसायिक गतिविधि बढाउन निजी क्षेत्रको प्रोत्साहन आवश्यक: चन्द्रप्रसाद ढकाल जाजरकोट पहिरोः सेनाद्वारा ३०० जनाको उद्धार देउवाले तीन पटक म हिन्दू हुँ भनेपछि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नियन्त्रित मनोद्विपक पदार्थ ट्रामाडोल क्याप्सुल १ लाख ८० हजार ४३० सहित ६ पक्राउ



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले ठूलो परिमाणमा नियन्त्रित मनोद्विपक पदार्थ ट्रामाडोल क्याप्सुल १ लाख ८० हजार ४३० सहित ६ पक्राउ गरी सार्वजनिक गरेको छ ।

शुक्रवार पत्रकार सम्मेलनमार्फत पक्राउ परेका ७ जनालाई सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै लागुऔषध नियन्त्रण व्युरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्यले लागुऔषध नियन्त्रण व्युरो कोटेश्वरबाट औषधिजन्य मनोद्विपक पदार्थ बिरुद्ध सञ्चालन गरिएको विशेष प्रहरी कारवाहीको क्रममा ठूलो परिमाणसहित नियन्त्रित मनोद्विपक पदार्थको कारोबारमा संलग्न गिरोह मध्यका ६ जनालाई पक्राउ गरेको बताउनु भयो ।

भदौ १८ गते जिल्ला उदयपुर गाईघाट न.पा. वडा नं. ५ घर भई हाल काठमाडौं गोकर्णेश्वर न.पा. ७ माकलवारी बस्ने वर्ष ३० को बहादुर राईलाई ऐ.ऐ. वडा नं. ५ स्थित वागमती करिडोर सडक किनारबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ९ सय क्याप्सुलसहित पक्राउ गरिएको बताउनु भयो । निज बस्दै आएको को डेरा कोठा खानतलासी गर्दा थप ट्रामाडोल ३३ हजार ६ सय गरी जम्मा ३४ हजार ५ सय क्याप्सुल ट्रामाडोल बरामद गरिएको बताउनु भयो । भदौ १९ गते जिल्ला सर्लाही हरिपुर न.पा. वडा नं. १ बस्ने वर्ष २२ का विपिनकुमार महतोलाई जिल्ला काठमाडौं कागेश्वरी मनोहरा न.पा. ६ बाबाचोक स्थितबाट ट्रामाडोल क्याप्सुल ५३ हजार ९०० र नित्रजेपाम ट्याब्लेट ८९२ सहित पक्राउ गरिएको बताउनु भयो । विशेष सूचनाको आधारमा मिति भदौ ३१ गते जिल्ला पर्वत महाशिला गा.पा. वडा नं. ५ लुंखु पर भई काठमाडौं न.पा. २७ मित्रनगर बस्ने वर्ष २७ का चालकृष्ण अधिकारीलाई नयाँ बसपार्कस्थित सडक किनारबाट नियन्त्रित मनोद्विपक पदार्थ ट्रामाडोल ९ हजार क्याप्सुलसहित पक्राउ गरिएको बताउनु भयो ।

निजले उक्त नियन्त्रित मनोद्विपक पदार्थ सम्झना रोक्काबाट खरिद गरी विक्री वितरण गर्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको बताउनु भयो । जिल्ला झापा अर्जुनधारा न.पा. ब.डा.न.१ ठेगाना भई हाल काठमाडौं जिल्ला टोखा न.पा.९ गोंगबु बस्ने वर्ष ३२ की सम्झना रोक्कालाई निजकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । निजको घर कोठा खानतलासी गर्दा थप ट्रामाडोल क्याप्सुल ८३ हजार तथा नगद २ लाख ५० हजार रुपैयाँ बरामद गरिएको बताउनु भयो । निज सम्झना रोक्काले उक्त ट्रामाडोल क्याप्सुलहरु विक्री वितरण गर्ने मुख्य व्यक्ति जिल्ला बारा परवानीपुर गा.पा. वडा नं. ३ बस्ने वर्ष ३४ को खुल्न आएको बताउनु भयो ।

प्रहरीकाअनुसार असोज ३ गते जिल्ला बारा परवानीपुर गा.पा. वडा नं. ३ बस्ने वर्ष ३४ प्रदीप सर्राफलाई जिल्ला काठमाडौं टोखा न.पा.१० बाट ट्रामाडोल ३० क्याप्सुलसहित पक्राउ गरिएको छ । साथै निजको कारोवारमा सहयोग गर्ने का.म.न.पा. वडा नं. १५ डल्लु घर भएका वर्ष ५१ का मनमोहन श्रेष्ठलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ । निज प्रदीप सर्राफले नियन्त्रित मनोद्विपक पदार्थ ट्रामाडोल विगत ४ वर्षदेखि काठमाडांैमा ठूलो परिमाणमा अवैध कारोवार गर्दै आएको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । साथै निजहरू उपर लागुऔषध (नियन्त्रण) ऐन, २०३३ वमोजिम काठमाडांै जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको छ ।