१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना खोप निर्माण कम्पनी मोडेर्ना भन्छ- ‘खोपको मूल्य ३७ डलरसम्म पर्न सक्छ’



अ+ अ-

काठमाडौं । कोरोना भाईरसबाट विश्व आतङ्कमा रहेको बेला यस विरुद्धको खोप निर्माण भईरहेको भन्नेबारे समाचारहरु धरै नै आए तर अझै संक्रमितहरुले कोरोना बिरुद्धको खोप भने लगाएर निको हुने सौभाग्य पाएका छैनन् ।  त्यस्तैमा अमेरिकी कम्पनी मोडेर्नाले पनि आफुहरुले कोरोना बिरुद्धको खोप निर्माण गरिरहेको बताएका छन् ।

यदि कोरोना विरुसद्धको खेप निर्माण भए यस्को मुल्य कति पर्ला ? अमेरिकी कम्पनी मोडेर्नाले कोरोना खोपको मुल्य २५ देखि ३७ डलरमा विश्वभरका मुलुकहरुलाई बिक्री गर्ने बताएको छ । 

कोरोना विरुद्धको खेप निर्माणमा जुटेका कयौं कम्पनीहरुमध्ये मोडेर्ना कम्पनीका सीईओ स्टेफान बान्सेलले भने आफ्नो खोप कोरोना संक्रमण नियन्त्रणका लागि ९४.५ प्रतिशत प्रभावकारी भएको दाबी समेत गरेका छन् । ईयूले पनि मोडेर्नाको यो खोप खरिद गर्ने प्रयास गरिरहेको छ ।

स्रोत: रोयटर्स