६ पुष २०८२, आईतवार
,
Latest
अकस्मात सरकारसँग किन बिच्किए प्रचण्ड ? मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइतबार शेयर कारोबार ६ अर्ब ९० करोडभन्दा बढी, नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार



symbolic picture
अ+ अ-

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा  करिब ७ अर्बको कारोबार भएको छ । आइतबार २०१ ओटा कम्पनीको रू. ६ अर्ब ९० करोड ६७ लाख २८ हजार बराबरको १ करोड ६० लाख ३४ हजार ७१७ कित्ता शेयर कारोबार भएको छ । यो कारोबार ६३ हजार ५७० पटकको व्यापारमा भएको हो ।

आइतबार पनि कुल कारोबारमा सर्वाधिक हिस्सा नेपाल पुनर्बीमा कम्पनीलेनै ओगटेको छ । उक्त कम्पनीको रू. ५७ करोड ९१ लाख १९ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक कारोबार गर्दै आएको उक्त कम्पनीको शेयरमूल्य पनि वृद्धि भइरहेको छ । आइतवार न्यूनतम रू. १ हजार १०८ देखि अधिकतम रू. १ हजार २०१ सम्ममा किनबेच भएको नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २८ ले बढेर रू. १ हजार १३८ पुगेको छ ।

यो दिन बैंकिङ समुहको सर्वाधिक २ दशमलव २३ प्रतिशत, विकास बैंकको शून्य दशमलव ६४ प्रतिशत र अन्यको शून्य दशमलव १ प्रतिशत परिसूचक बढेको छ ।आइतवार व्यापारिक समुहको परिसूचक सर्वाधिक ५ दशमलव ६९ प्रतिशत घटेको छ । त्यस्तै होटलको ३ दशमलव ९९ प्रतिशत, जलविद्युतको १ दशमलव ४८ प्रतिशत, वित्तको शून्य दशमलव ४७ प्रतिशत, निर्जीवन बीमाको २ दशमलव ५३ प्रतिशत, उत्पादन तथा प्रशोधन २ दशमलव ३३ प्रतिशत, लघवित्त शून्य दशमलव १८ प्रतिशत, जीवन बीमा शून्य दशमलव १८ प्रतिशत र म्यचुअल फण्डको परिसूचक २ दशमलव २८ प्रतिशत घटेको हो ।

बिहीबार ३६ दशमलव ३२ अंकले बढेर १ हजार ७७८ दशमलव १२ विन्दुमा बन्द भएको बजार आइतवार १ हजार ७९१ दशमलव २२ विन्दुदेखि खुला भएको थियो । यस दिन कारोबार खुला भएको १ घण्टा ५ मिनेटमा बजार १ हजार ८११ दशमलव ६४ विन्दुमा पुगेको थियो । बजार बन्द हुदाँ आइतबार ४ दशमलव ६९ अंक बढेर १ हजार ७८२ दशमलव ८१ विन्दुमा अडिएको छ । आइतबार ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स २ अंक बढेर ३४५ दशमलव शून्य ७ विन्दुमा पुगेको छ । यस दिन कारोबारमा आएका १२ ओटा समुहमध्ये बैंकिङ समुह, विकास बैंक समुह र अन्य समुहको परिसूचक बढेको छ भने बाँकी समुहको घटेको छ ।