२ भाद्र २०८३, मंगलवार
,
Latest
लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राहदानी सेवा सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व : परराष्ट्रमन्त्री खनाल सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब २० करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिभाइनका सगेन्द्र मिस्टर महानगर



अ+ अ-

काठमाडौं। काठमाडौं महानगरपालिका २२ वडाको आयोजनामा भएको दोस्रो मिस्टर महानगर शारीरिक सुगठन प्रतियोगितामा डिभाइन फिटनेसका सगेन्द्र सिंह मिस्टर महानगर भएका छन् ।

राष्ट्रिय सभागृहमा भएको प्रतियोगितामा शनिबार राति विभिन्न तौल समूहका विजेताबीच भएको अल ओभर च्याम्पियनसिप जित्दै सगेन्द्र दोस्रो मि. महानगर भएका हुन । उनी ७५ प्लस केजी तौल समुहका विजेता पनि हुन् । मिस्टर महानगर बनेपछि उनले ५ लाख नगद पुरस्कारका साथै उपाधी, ट्रफि, मेडल प्राप्त गरे ।

उनले तौल समुहमा पहिलो भएर थप एक लाख नगद पुरस्कार पनि जितेका छन् । प्रतियोगितामा ५५ केजी तौल समूहमा प्रथम, द्वितीय, तृतीय, चौथौ, पाचौ क्रमशः जिम तारका सविन चौलागाई, फिटनेस ग्यारेजका सुनील आले, कम्फोर्ट जिमका महेन्द्र थापा मगर, डि जिमका दिनेश विक र फिटनेस ग्यारेजका सरोज कँडले भएका छन् ।

६० केजीमा फिट एक्स जिमका अमृत गहतराज पहिलो, फिटनेस ग्यारेजका सौरभ थापा मगर दोस्रो, दि आइरन जिमका टेकबहादुर तामाङ तेस्रो, रोयल जिमका याकुब तोलाङगी चौथो र जिम कपनका सन्दीप अर्याल पाँचौं स्थानमा रहे ।

६५ केजीमा फिटनेस ग्यारेजका नवराज डुम्रे विजेता बने । नवराजपछिको स्थानमा जेन एक्सका रोहन राई, वेभ फिटनेसका सन्दीप पुजारी, प्लाटिनम फिजिकल फिटनेसका प्रभाकर घिमिरे र फिटनेस ग्यारेजका खेमराज गिरी रहे ।

७० केजीमा प्रथम, द्वितीय, तृतीय, चौथौ, पाचौँ स्थानमा फिटनेस ग्यारेजका माधव सुवेदी, आरबिएल फिटनेसका अनिश रसाइली, पावर फिटनेसका सोबेन थापा, रिभर फिल्ड जिमका रकी डङ्गोल र फिटनेस ग्यारेजका प्रतीक चौधरी रहे । ७५ केजीमा नेपाल व्यायाम मन्दिरका क्षितिज थापा च्याम्पियन बने ।

पावर फिजिकलका सागर श्रेष्ठ दोस्रो, योगेन्द्र श्रेष्ठ तेस्रो, फिटनेस वल्र्डका सागर बोम्जन चौथो र फिटनेसनका प्रोग्रेस कारञ्जित पाँचौँ भए । ७५ प्लसमा सगेन्द्रले च्याम्पियन हुन फिटनेस मन्त्रका सुरज डङ्गोल, स्याडो फिटनेशका रामशरण महर्जन, प्लाटिनमका विनोद सुनार र फिट एक्सका कुशल प्रसाद गुरुङलाई दोस्रोदेखि पाँचौँ स्थानमा धकेले ।

तौल समुहमा प्रथम, द्वितीय, तृतीय, चौथौ, पाचौ हुनेले क्रमश १ लाख, ५० हजार, २५ हजार र १५ हजार र १० हजार रुपियाँ जितेका छन् । प्रतियोगिताअन्तर्गत स्पोर्टस फिजिक्सतर्फ महिला र पुरुष समुहमा प्रतिस्पर्धा भएको थियो ।

महिलातर्फ एनआरके फिटनेसकी सीता खत्री प्रथम, नयाँबजार डिभाइनकी शान्ता पालिखे दोस्रो, त्रिभुवन आर्मी क्लबकी तिल्सरा बुढाथोकी तेस्रो, फिटनेस ग्यारेजकी रुविना कुँवर चौथो र जेन एक्सकी रेखा पुनमगर पाँचौँ स्थानमा रहे । पुरुषतर्फ १७० सेमि मुनि पावर फिजिकलका आकाश श्रेष्ठ, आइरन पाराडाइजका ज्ञानेश्वर चौधरी, फिटनेश मन्त्रका अजयकुमार शाक्य, फिट एक्सका रेशम राना र वेभ फिटनेशका रोनित राई शीर्ष पाँच स्थानमा रहे ।

१७० सेमि माथि नयाँबजाजर डिभाइनका पुकार श्रेष्ठ पहिलो दि आइरनका सुमन कार्की, दोस्रो, एनआरकेका रमन तुलाधर तेस्रो, जेन एक्सका विजय लिम्बु चौथो र अनलिमिटेड लिफ्टिङका सचित खड्का पाँचौँ भए ।

स्पोर्टस फिजिक्स तर्फ प्रथम, द्वितीय, तृतीय, चौथौ, पाचौ हुनेलाइ क्रमश १ लाख २५ हजार, ७५ हजार, ५० हजार र २५ हजार र १० हजार नगद पुरस्कार दिइएको थियो ।

काठमाडौं महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोल र आयोजक २२ वडाका अध्यक्ष चिनिकाजी महर्जनले ओभरअल विजेताहरुलाई नगद, ट्रफि, प्रमाणपत्र प्रदान गरेका थिए । यसैगरी तौल समुहका विजेतहरुलाइ आयोजक २२ वडाका सदस्यहरू अनिल हाडा, चन्द्रमान तुलाधर, ललिता खड्गी, गिता परियारलगायतले पुरस्कार वितरण गरेका थिए।