२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल



अ+ अ-

काठमाडौँ । सरकारले विधान दिवसको अवसर पारेर बिहीवारदेखि काठमाडौं उपत्यकासहित देशभर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

बिहीवार काठमाडौं उपत्यकामा सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

कम्पनीले आगामी माघ २ गतेसम्म ४२ जिल्लाका ७४ स्थानमा पर्वोत्सव सुपथ मूल्य पसल सञ्चालन ल्याएको छ । सहुलियत पसलको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै उद्योगमन्त्री भण्डारीले देशभरका ७४ स्थानहरुमा सहुलियत पसल सञ्चालन गरिएको बताउनु भयो । उहाँले अत्यावश्यक वस्तुहरुमा न्युनतम ५ रुपैयाँ सुफथ मूल्य पसल सञ्चालन गरिएको बताउनु भयो । उहाँले सरकारले चाडपर्वमा लक्षित गरेर बजार वस्तुहरु अभाव हुन नदिने गरी पसलहरु सञ्चालनमा ल्याएको बताउनु भयो ।

उहाँले खाद्य व्यापार कम्पनी भित्रका समस्या र चुनौतीहरु धेरै समय नरहने बताउनु भयो । उहाँले खाद्य कम्पनीभित्रका समस्या सम्बोधन सरकारले गर्ने बताउनु भयो । खाद्य व्यवस्था कम्पनीको प्रबन्धपत्रमा उल्लेख गरिएका एक तिहाई काम पनि संस्थाले गर्न नसकेको बताउनु भयो । उहाँले कम्पनीले नेपालको खाद्य बजारमा कृत्रिम अभाव,काटेलिङ र कालोबजारी भन्ने शब्द सुन्न नपाउने गरी काम गर्न निर्देशन दिनुभयो । उहाँले संविधानले नागरिकले खान पाउनुपर्ने मौलिक हकको व्यवस्था गरेको बताउनु भयो । उहाँले पछिल्लो एक दशक संविधानको कार्यान्वयन परीक्षणको काल भएको भन्दै संविधानलाई जति सक्दो कार्यान्वयन गर्न सक्यो त्यति सुशासन कायम हुनसक्ने बताउनु भयो ।

सरकारले आजदेखि दशैँ, तिहार, छठलगायत विभिन्न चाडपर्वमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तुको सहज र सहुलियत दरमा उपलब्ध गराउन सहुलियत पसल ल्याएको छ । काठमाडौं उपत्यकाको थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकमा कम्पनीले बिक्री कक्ष सञ्चालन गरेको छ । सहुलियत पसलमा उपभोक्ताले विभिन्न प्रकारका चामल तथा दालमा प्रतिकिलो पाँच रुपैयाँ, तेल, गेडागुडी, पीठो, मैदा, चिउरा, चिनी, क्वाँटी, कर्णाली सिमी/गेडागुडी, फापर दाना, चिनो, कागुनो र उवा जुम्ली मार्सीमा प्रतिकिलो सात रुपैयाँ छुट पाउनेछन् । त्यस्तै जिउँदो खसीबोका तथा च्याङ्ग्रा र दुग्ध विकास संस्थानको घ्युमा प्रतिकिलो १० रुपैयाँ छुट दिइने कम्पनीले जनाएको छ । मकवानपुर, तुलसीपुर, मुस्ताङलायत उपत्यका आसपासका क्षेत्रबाट खसीबोका तथा च्याङ्ग्रा ल्याइने कम्पनीले जनाएको छ ।