२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस News Polar तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छः महासङ्घ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि… News Polar एन्फाको आर्थिक अनियमितता: चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल

ओटावामा नेपाल‐ क्यानडा परराष्ट्रमन्त्रीस्तरीय वार्ता सम्पन्न

ओटावामा नेपाल‐ क्यानडा परराष्ट्रमन्त्रीस्तरीय वार्ता सम्पन्न
अ अ+ अ-

काठमाडौँ, ३ असोजः परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र उहाँकी क्यानडाली समकक्षी मेलानी जोलीबीच बुधबार ओटावामा भेटवार्ता भएको छ ।

त्यस अवसरमा उहाँहरूबीच नेपाल–क्यानडा सम्बन्धका विविध पक्ष, आपसी हित र चासोका साथै लगानी एवं साझेदारी प्रवर्धनलगायत विषयमा छलफल भएको थियो ।

ओटावास्थित नेपाली राजदूतावासका अनुसार परराष्ट्रमन्त्री राणाले नेपालको लोकतान्त्रिक प्रक्रिया र वर्तमान संविधान निर्माणमा क्यानाडाले पुर्याएको सहयोगको सराहना गर्नुभयो । नेपालको संसद्ले हालै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पारित गरेको र त्यसबाट शान्ति प्रक्रियासम्बन्धी बाँकी कामह पूरा गर्न सहज हुने जानकारी उहाँले दिनुभयो ।

भूकम्प र कोभिड महामारीको जटिल परिस्थितिका साथै नेपालको सामाजिक–आर्थिक उन्नयनमा क्यानडा सरकारबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै परराष्ट्रमन्त्रीले नेपालमा आफ्नो राजदूतावास स्थापनाका लागि आग्रह गर्नुभयो । एसियाका दुई ठूला देशका बीचमा रहेको नेपालजस्तो प्रजातान्त्रिक मुलुकमा आफ्नो राजदूतावास स्थापना गर्नु क्यानडाका लागि पनि फलदायी हुने मन्त्री राणाले बताउनुभयो ।

अतिकम विकसित राष्ट्र नेपालका उत्पादनलाई क्यानडाले कर छुट दिएको सन् २०२६ मा विकासशील राष्ट्रमा स्तरोन्नत हुन लागेको आफ्नो देशलाई व्यापार वृद्धि र लगानीका माध्यमबाट सघाउन मन्त्री राणाले आग्रह गर्नुभएको उक्त दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । साथै जलविद्युत्का क्षेत्रमा क्यानडाकोे अनुभव र विज्ञता नेपालको अथाह जलस्रोतमा लगानी गरेर अधिक लाभ लिन आग्रह गर्नुभयो ।

नेपाल र क्यानडाबीच धेरै अन्तरराष्ट्रिय विषयमा समान धारणा रहेको, बहुपक्षीयताका साथै संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ भएका काम, जलवायु परिवर्तन तथा दिगो विकासका लक्ष्य प्राप्तिमा दुवै देशले सहकार्य गर्दै आएका उहाँको कथन थियो ।

परराष्ट्रमन्त्रीले नेपालका दुई हजार पाँच सय ५४ जना महिला शान्ति सैन्यले राष्ट्रसङ्घको विश्वका विभिन्न द्वन्द्वग्रस्त देशमा सेवा गरिसकेका तथा हाल ६०८ जना महिला रहेका शान्तिसेनामा कार्यरत रहेका जानकारी दिनुभयो । उहाँले विदेशमन्त्री जोलीलाई नेपाल भ्रमणका निम्ति आमन्त्रण गर्नुभयो ।

आगामी डिसेम्बरमा काठमाडौँमा द्विपक्षीय वार्ता हुने र त्यस क्रममा दुई देशबीच पर्यटन र शिक्षासम्बन्धी समझदारीको आधार निर्धारण गर्ने सहमति भएको छ ।

नेपालमा महिला सशक्तिकरणका क्षेत्रमा क्यानाडाले पु¥याउँदै आएको सहयोगलाई निरन्तरता दिँदै क्यानाडाले अघि सारेको ‘फेमिनिस्ट फरेन पोलिसी’ विषयमा मिलेर काम गर्ने सहमति भएको छ ।

क्यानडाली विदेशमन्त्री जोलीले क्यानाडेली पेन्सन फण्डका माध्यमबाट नेपाललाई सहयोग गर्न आफ्नो देशको सरकार तयार रहेको बताउनका साथै काठमाडौँमा दूतावास स्थापनाको प्रस्तावप्रति सकारात्मक जवाफ दिनुभएको थियो ।रासस