पोखरा । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरोध जनाउँदै एमालेको भातृ संगठन अनेरास्ववियुले प्रर्दशन गरेको छ ।
मूल्यवृद्धि फिर्ता लिन मागसहित अखिल कास्कीले मोटरसाइकल र स्कुटर डोहोर्याउँदै विरोध प्रर्दशन गरेको हो ।
पोखराको मानव अधिकारचोकदेखि महेन्द्रपुलसम्म विद्यार्थीहरुले मोटर साइकल र स्कुटर नचलाई डोहोर्याएका थिए ।
नेपाल आयाल निगमले बुधबार साँझ पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा साविकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपियाँ वृद्धि गरेको हो ।
योसँगै पेट्रोलको प्रतिलिटर १३९ रुपियाँ, डिजेल र मट्टितेल १२२ रुपियाँ पुगेको छ भने आन्तरिक हवाई इन्धनमा पाँच रुपियाँ वृद्धि गरिएको छ ।











