३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

पक्राउ गरेर देखाउन राप्रपा अध्यक्ष लिङदेनको चुनौती

पक्राउ गरेर देखाउन राप्रपा अध्यक्ष लिङदेनको चुनौती
अ+ अ-

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आफूलाई पक्रेर देखाउन सरकारलाई चुनौती दिनुभएको छ ।

बुधवार पार्टीका नवनियुक्त केन्द्रिय सदस्यहरुलाई प्रमाणपत्र प्रदान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले संविधान विरोधी पार्टीका नेतालाई सरकारले नोटिसमा राखेको समाचार देखेको भन्दै आफुलाई पक्राउ गरेर देखाउन चुनौती दिनुभएको हो । उहाँले आफूहरु संविधानले व्यवस्था गरेको गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको विरोधी भएको र यसको विपक्षमा उभिने बताउनु भयो । उहाँले आफुहरुले अराजकतामा भविष्य नखोजेको भन्दै अहिलेसम्म संयमता अपनाइरहेको बताउनु भयो । उहाँले यो संविधानले काम गर्न नसक्ने भन्दै विगतमा राम्रा कुराहरुलाई समेटेर दलहरुका बीचमा नविन समझदारीका साथ संशोधन गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अहिले भर्खर यहाँ बसेको बेलामा सामाजिक सञ्जालमा देखेँ । भोलि संविधान दिवस छ । संविधान दिवसमा संविधान विरोधी पार्टीका नेताहरुलाई नोटिसमा राखिएको छ र त्यसमा राजेन्द्र लिङ्देन पनि सरकारको नोटिसमा छ भनेर अहिले हेरेँ । म यहाँबाट केपि ओलीको सरकारलाई चुनौतीको भाषामा भन्न चाहन्छु, यो संविधानले व्यवस्था गरेको गणतन्त्र, धर्म निरपेक्षता, संघीयताको विरोधी हो राजेन्द्र लिङदेन । राजेन्द्र लिङदेन त्यसको विरोध गर्छ । विपक्षमा छ । सके पक्रेर देखाओ । हामीले अराजकताभित्र भविष्य खोजेका छैनौँ । कुनै अराजकतामा आफ्नो भविष्य खोजेका छैनौँ । त्यसकारण हामीले संयमता अपनाइरहेका छौँ । हामीले यो सरकार र ठुला पार्टीहरुलाई आह्वान गरिराखेका छौँ कि यो संविधानले काम गरेन । यो संविधानले काम गर्न सक्दैन । यो संविधान जति परसम्म बोकेर लगिन्छ, देश र जनताले त्यति नै दुःख पाउनेछन् र देश ध्वस्त हुने अवस्था छ । त्यसकारण चाँडोभन्दा चाँडो सबै अटाउने, हिजोका र आजका राम्रा विषयहरुलाई समेटेर नयाँ यात्रा तय गर्नुछ । अब अगाडी जानुको विकल्प छैन ।’

उहाँले संविधान पक्षधरहरुले जबरजस्त गरिरहेको आफुहरुले जनताको बलमा संविधान उल्ट्याउने चेतावनी दिनुभयो । उहाँले ढिलो चाँडो जनताले वर्तमान संविधान फाल्ने र त्यो अभियानको नेतृत्व राप्रपाले गर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल