९ भाद्र २०८३, मंगलवार
,
Latest
कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाक्ने बेलाका सुन्तलामा औंसे किराको प्रकोप, किसानहरु चिन्तित



अ+ अ-

गलकोट । जिल्लाका सुन्तला कृषक अहिले चिन्तित भएका छन् । सुन्तला पाक्ने समयमा सुन्तला धमाधम बोटबाट झर्न थालेपछि किसान यतिबेला निराश बन्न थालेका छन् । सुन्तलाबाटै वार्षिक रु छ लाख आम्दानी गर्दै आउनुभएका बागलुङ नगरपालिका–८ सिगानाका अनन्तबहादुर खड्का अहिले सुन्तला झरेपछि चिन्तित मुद्रामा हुनुहुन्छ । आठ रोपनी क्षेत्रफलमा सुन्तला खेती गर्दै आउनुभएका खड्काले अहिले बोटबाट आधा सुन्तला औंसे किराको प्रकोपले झर्न थालिसकेको बताउनुभयो । “पाक्ने बेलाका सुन्तला भकाभक झर्न थालेको छ”, खड्काले भन्नुभयो, “बिक्री गर्नका लागि बजारको बन्दोबस्त मिलाउँदै गरेको अवस्थामा सुन्तला झरेपछि यो वर्ष आम्दानी थोरै हुने देखेको छु ।”  

यसपटक सुन्तलाको आम्दानी गर्ने बेलाका सुन्तला झर्न थालेपछि बागलुङ जिल्लामै राम्रो सुन्तला पाइने सिगानाका सुन्तला टोपबहादुर खड्का, रामबहादुर खड्कालगायतका किसान मर्कामा परेका हुन् । “बोटमा भन्दा भुइँमा धेरै सुन्तला हुन थाल्यो”, रामबहादुर खड्काले भन्नुभयो, “मुख्य आम्दानीको रूपमा रहेको सुन्तला झरे पनि नगरपालिका, सुन्तला जोन र कृषि ज्ञान केन्द्रले ध्यान नदिँदा समस्या भयो ।” सुन्तला धेरै उत्पादन हुने काठेखोला गाउँपालिकाको बिहुँ, बागलुङ नगरपालिकाको भकुण्डे, तित्याङलगायतको स्थानमा समेत सुन्तला पहेँलो भएर झर्ने समस्या देखिएको काठेखोला गाउँपालिका–६ बिहुँका वडाध्यक्ष युक्तप्रसाद कँडेलले जानकारी दिनुभयो । 

आधिकारिकरूपमा किसानको गुनासो नआएको प्रधानमन्त्री आधुनिकीकरण परियोजना सुन्तला एकाइ म्याग्दीका प्रमुख सुधीर थापाले जानकारी दिनुभयो । “अहिले कर्मचारी अभाव छ, काम गर्न सकिएको छैन, त्यसैले गुनासो नआएको होला”, थापाले भन्नुभयो, “गत वर्ष केही किसानको समस्या तत्कालै समाधान गरेका हौँ, अहिले त्यस्तो गुनासो आएमा औषधि प्रदान गर्नेछौँ ।” थापाका अनुसार किसानले पनि समयमै औषधि तथा स्याहारसुसार गर्नुपर्ने र औंसे किरा लागेमा सही व्यवस्थापन गर्नुपर्दछ । बागलुङ जिल्लाको बिहुँ, सिगाना, भकुण्डे, दमेकलगायतका सुन्तलाका पकेट क्षेत्रमै सुन्तला पहेँलो भएर किरा परेर झर्न थालेको छ । यस क्षेत्रमा सुन्तलासँगै जुनार, मौसम, भोगटे, निबुवा, बिमिरो, कागती, ज्यामिरलगायतका फलफूलमा यो रोगको सङ्क्रमण फैलिएको छ । पाक्ने समय नहुँदै पहेँलो हुने र झर्ने समस्याले सुन्तला खेतीमा गम्भीर समस्या आएको बागलुङ–८ सिगानाका वडाध्यक्ष  राजन जिसीले जानकारी दिनुभयो । उहाँले रोग पहिचान र रोकथाममा तत्कालै सम्बन्धित निकायले कदम नचाल्ने हो भने सुन्तला किसानले ठूलो क्षति बेहोर्नुपर्ने बताउनुभयो । 

सबैभन्दा बढी सुन्तला झर्ने अवस्था बागलुङको सिगानामा आएको किसान बताउँछन् । अहिले पहेँलो भएर झरेको सुन्तला औंसे किराकै प्रकोपका कारण भएको कृषि ज्ञान केन्द्र पर्वतका सूचना अधिकारी विश्वास काफ्लेले जानकारी दिनुभयो । अहिले झरेको सुन्तलाको फल सही व्यवस्थापन गर्न नसके अर्को वर्ष झनै समस्या हुने भएकाले किसानलाई झरेको सुन्तलाको सहीरुपमा व्यवस्थापन गर्न आवश्यक रहेको काफ्लेको भनाइ छ ।