२९ भाद्र २०८३, सोमबार
,
Latest
देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पञ्जाव किंग्सको मुख्य प्रशिक्षकमा रिकी पोन्टिङ नियुक्त



अ+ अ-

एजेन्सी । अस्ट्रेलियाका पुर्व कप्तान रिकी पोन्टिङ आइपिएल टिम पञ्जाव किंग्सको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

यस अघि आइपिएल टिम दिल्ली क्यापिटल्सको मुख्य प्रशिक्षक रहेका उनी अब २०२५ आइपिएल सिजनमा पञ्जाव किंग्सको मुख्य प्रशिक्षकको भूमिकामा रहनेछन् ।

रिकी पञ्जावको पछिल्लो सात सिजनमा छैटौं मुख्य प्रशिक्षक बनेका छन् । उनी केहि महिना अघि मात्र दिल्लीको मुख्य प्रशिक्षकको भूमिकाबाट अलग भएका थिए । पञ्जाव किंग्सले अहिलेसम्म आइपिएलको उपाधि जित्न सकेको छैन । २०१४ मा उप विजेता बनेको पञ्जाव त्यसयता प्लेअफमा पुग्न समेत सकेको छैन ।

आइपिएलमा खराब प्रदर्शन गरिरहेको पञ्जावलाई नयाँ स्वरुपमा ल्याउन रिकीका अगाडी चुनौती देखिएको छ । पञ्जावका कप्तान शिखर धवनले हालै सन्यास लिएपछि नयाँ कप्तान चुन्नेदेखि खेलाडीलाई रिटेन गर्ने र नयाँ खेलाडी भित्र्याउने चुनौती टोलिमाथि छ ।

रिकी पोन्टिङ पहिलो सिजनदेखि नै आइपिएलसँग जोडिएका छन् । शुरुमा कोलकता नाइट राइडर्स र त्यसपछि मुम्बई इण्डियन्सको खेलाडीको रुपमा उनले आइपिएल खेलेका थिए ।

उनले २०१३ मा सिजनको बिचमा नै मुम्बईको कप्तानी छोडेका थिए । त्यसपछि उनी २०१४ मा मुम्बईको एड्भाइजरको भूमिकामा थिए भने २०१५ २०१६ मा मुख्य प्रशिक्षक बनेका थिए । त्यसपछि २०१८ देखि उनी दिल्लीको मुख्य प्रशिक्षक रहेका थिए ।