३ आश्विन २०८१, बिहीबार
,
Latest
सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल निर्वाचन प्रणाली निकै महंगो भयो, दलहरुले प्रतिनिधित्व छनोटमै ध्यान दिनुपर्छ – सभापति लामिछाने कांग्रेस सभापति रिसाएको दिन सरकार ढल्छ – रवि लामिछाने जोमसोममा बसपार्क सञ्चालन वर्तमान संविधान नेपाली जनताको लामो सङ्घर्षको दस्तावेज हो: परराष्ट्रमन्त्री राणा संसदीय समितिबाट १६ देशका लागि प्रश्तावित राजदुतको नाम पारित भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेकोे भीड अनेरास्ववियु कार्यवाहक अध्यक्षको जिम्मेवारी गिरीलाई गुलशनको विश्व कीर्तिमान, क्रिस गेल र शाहिद अफ्रिदीलाई पछि पारे
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पञ्जाव किंग्सको मुख्य प्रशिक्षकमा रिकी पोन्टिङ नियुक्त



अ+ अ-

एजेन्सी । अस्ट्रेलियाका पुर्व कप्तान रिकी पोन्टिङ आइपिएल टिम पञ्जाव किंग्सको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

यस अघि आइपिएल टिम दिल्ली क्यापिटल्सको मुख्य प्रशिक्षक रहेका उनी अब २०२५ आइपिएल सिजनमा पञ्जाव किंग्सको मुख्य प्रशिक्षकको भूमिकामा रहनेछन् ।

रिकी पञ्जावको पछिल्लो सात सिजनमा छैटौं मुख्य प्रशिक्षक बनेका छन् । उनी केहि महिना अघि मात्र दिल्लीको मुख्य प्रशिक्षकको भूमिकाबाट अलग भएका थिए । पञ्जाव किंग्सले अहिलेसम्म आइपिएलको उपाधि जित्न सकेको छैन । २०१४ मा उप विजेता बनेको पञ्जाव त्यसयता प्लेअफमा पुग्न समेत सकेको छैन ।

आइपिएलमा खराब प्रदर्शन गरिरहेको पञ्जावलाई नयाँ स्वरुपमा ल्याउन रिकीका अगाडी चुनौती देखिएको छ । पञ्जावका कप्तान शिखर धवनले हालै सन्यास लिएपछि नयाँ कप्तान चुन्नेदेखि खेलाडीलाई रिटेन गर्ने र नयाँ खेलाडी भित्र्याउने चुनौती टोलिमाथि छ ।

रिकी पोन्टिङ पहिलो सिजनदेखि नै आइपिएलसँग जोडिएका छन् । शुरुमा कोलकता नाइट राइडर्स र त्यसपछि मुम्बई इण्डियन्सको खेलाडीको रुपमा उनले आइपिएल खेलेका थिए ।

उनले २०१३ मा सिजनको बिचमा नै मुम्बईको कप्तानी छोडेका थिए । त्यसपछि उनी २०१४ मा मुम्बईको एड्भाइजरको भूमिकामा थिए भने २०१५ २०१६ मा मुख्य प्रशिक्षक बनेका थिए । त्यसपछि २०१८ देखि उनी दिल्लीको मुख्य प्रशिक्षक रहेका थिए ।