२५ जेष्ठ २०८३, सोमबार
,
Latest
मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ अल्पसंख्यक जातीले मनाए चोङ छ्यौं च्ये पर्व



अ+ अ-

काठमाडौं । चिनियाँ अल्पसंख्यक जातीले मध्य–शरद अर्थात् चोङ छ्यौं च्ये पर्व मनाएका छन् ।

चिनियाँ पात्रो अनुसार, आठौँ महिनाको पन्ध्रौं दिनलाई चोङ् छ्यौ च्ये अर्थात् मध्यशरद पर्व भनिन्छ । सेप्टेम्बर १७ तारिख अर्थात् आज चालु वर्षको मध्यशरद पर्व हो ।

चोङ् छ्यौ च्ये पर्व मनाउने रितिरिवाज प्राचीन कालदेखि सुरू भएको हो । यस पर्वको रातमा चन्द्रमा सबैभन्दा बाटुलो र उज्यालो हुन्छ । यस्तो पूर्णिमा भएका कारण यस दिनलाई “थुआन युआन चे”चाड अर्थात् भेला हुने चाड पनि भनिन्छ । चिनियाँहरुले उक्त पर्वको राति चन्द्रमाको दर्शन र पूजा–आजा गर्ने चलन छ । चिनियाँहरुले रातमा रंगी–विरंगी बत्ती प्रदर्शन गर्ने गर्दछन् । केही क्षेत्रमा बत्ती नदीमा राखेर सुख र सौभाग्यको शुभकामना दिने चलन रहेको चिनियाँ सञ्चारमाध्यम सीआरएनले जनाएको छ ।

यो रातमा चन्द्रमाको पूजाआजा गर्न र त्यसको दर्शन गर्नका लागि “युए पिङ्ग“ नामक एक विशेष किसिमको रोटी नभई नहुने खाद्य–पदार्थ हो । युए पिङ्ग नामक रोटी पूर्णिमाको चन्द्रमाको आकार जस्तै बनाइएको हुन्छ । जसमा केही टुक्रा–टुक्रा चीज–बीजहरु राखिएका हुन्छन् । साधारण रोटीको तुलनामा त्यो निकै फरक हुन्छ । यस किसिमको रोटीको बाहिरी भागमा पौराणिक कथामा भनिएअनुसार छाङ्अ नामकी एउटी देवी चन्द्रमातिर उडेर गएको चित्र वा सम्पन्न वर्षको दृष्य वा दीर्घायुको कामना सम्बन्धी चित्रहरु पनि कुँदिएको हुन्छ ।

चोङ् छ्यौ च्ये चाडको बेलुकी पूर्ण गोलाकार चन्द्रमा भर्खरै उदाउँदा मानिसहरु उदाइरहेको चन्द्रमातिर युए पिङ्ग र नाना किसिमका फल–फूलहरु राखेर पूजा–आजा गर्न थाल्र्छन् । पूजा–आजा गर्ने क्रिया सकिएपछि परिवारका सबै सदस्यहरु एउटै ठाउँमा बसेर चन्द्रमाको दर्शन गर्दै युए पिङ्ग रोटी खाने गर्दछन् ।

चीनका विभिन्न क्षेत्रहरुका युए पिङ्गको शैली र स्वाद पनि फरक–फरक छ । पैचिङ्गमा पैचिङ्ग शैलीको युए पिङ्ग रोटी,पूर्वी चीनमा पर्ने सु चौ नगरले प्रतिनिधित्व गरेको सु चाउ शैलीको युए पिङ्ग रोटी, दक्षिणी चीनमा पर्ने क्वाङ्ग तुङ्ग प्रान्तको क्वाङ्ग शैलीको युए पिङ्ग रोटी र छाउ चाउ क्षेत्रको छाउ शैलीको युए पिङ्ग चीनभरिमै सबैभन्दा लोकप्रिय छन् ।

चिनियाँहरुको जीवनस्तरमा सुधार हुँदैआएको सन्दर्भमा युए पिङ्ग रोटीभित्र राखिने चीज–बीजहरुमा पनि परिवर्तन भएको देखिन्छ । परम्परागत चिनी,बयर,नरिवल, रातो दालका धूलो, सुकुटी मासु आदि बाहेक हाँसका नूनिला अण्डाको पहेंलो भाग,फल–फूलका मसिना टुक्रा र छु अर्थात् भेनेगर पनि युए पिङ्ग रोटीभित्र राख्ने गरिन्छ ।

युए पिङ्ग रोटी नाता–कुटुम्ब र इष्ट–मित्रहरुसित शिष्टाचार भेट गर्दा एक–अर्कालाई दिने–चढाउने कोसेली हो ।




भर्खरै