१६ भाद्र २०८३, मंगलवार
,
Latest
कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन पोखरामा भोटेकोशी बाढीमा ज्यान गुमाएका १६ जनाको सनाखत, अन्य शवको व्यवस्थापन गरिँदै (तस्बिरहरु)
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाले केन्द्रीय सदस्य बनायो २० युवालाई



फाईल फोटो
अ+ अ-

काठमाडौं । राप्रपाले नवीन राप्रपा कार्ययोजना अन्तर्गत ४० वर्ष मुनिका २० युवालाई पार्टीको केन्द्रीय कार्यसमितिमा मनोनित गरेको छ ।

वरिष्ठ नेता उपाध्यक्ष ध्रुबबहादुर प्रधानको संयोजकत्वमा छनौट समिति गठन गरी छनौटको विभिन्न मापदण्डका आधारमा लिइएको अन्तर्वार्तापछि समितिले देहायका १० पुरुष र १० महिलालाई पार्टीको केन्द्रीय सदस्य पदमा छनौट गरिएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

जसअनुसार, पुरुष १० तर्फ दार्चुलाका अशोक सिंह सम्राट, कैलालीका लोकेन्द्र कुँवर, काठमाडौंका बिनोद श्रेष्ठ, कास्कीका अरुण गिरी, सिन्धुपाल्चोकका ईन्जिनियर गोपीकृष्ण चौलागाई, दाङ्गका शिवकुमार चौधरी, सुर्खेतका रविकिरण हमाल, पश्चिम नवलपरासीका नवतीत कुमार मिश्र, काठमाडौंका समीर शर्मा र युके प्रवासका डा।डेभिड थापा रहनुभएको छ।

यसैगरी महिला १० तर्फ धादिङकी बिना लामा, पर्साकी  बिना जयसवाल, सिन्धुपाल्चोककी लक्ष्मी (नानी) थापा, सुनसरीकी नजियाँ खातुन मिया, ललितपुरकी ईञ्जिनियर सजिना कार्की, सल्यानकी मा।अनिशा नेपाली, तनहुँकी रेजिना श्रेष्ठ, काभ्रेपलाञ्चोककी ईञ्जिनियर दीपा श्रेष्ठ, मिस नेपाल वर्ल्ड २०२४, काठमाण्डौंकी आश्मा कुमारी केसी र हुम्लाकी तारा जैसी रहनुभएको छ।