३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यु–१७ र एशियन कप यु–२० छनोट खेल्ने नेपाली युवा टोलीको बिदाइ



अ+ अ-

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यु–१७ फुटबल च्याम्पियनसिपका र एशियन कप यु–२० छनोट खेल्ने नेपाली युवा टोलीको बिदाइ गरेको छ ।

आगामी सेप्टेम्बर २० देखि ३० सम्म भुटानको राजधानी थिम्पुमा सात राष्ट्र सम्मिलित साफ यु–१७ फुटबल च्याम्पिपयनसिप हुँदैछ । चाङ्लिमिथाङमा हुने च्याम्पियनसिपमा नेपालको समूह ‘बी’ मा आयोजक भुटानसहित पाकिस्तान र श्रीलंका छन् । नेपालको अर्को युवा टोलीले चाइनिज ताइपेइमा एएफसी यु–२० एशियन कपको छनोट पनि खेल्नेछ । एन्फाले मंगलवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक कार्यक्रम आयोजना गर्दै दुवै युवा टोलीको बिदाइ गरेको हो ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष दीपक खतिवडा र सिइओ इन्द्रमान तुलाधारलगायतले नेपाली टोलीको बिदाइ गरेका हुन् । सो अवसरमा मन्त्री चौधरीले सगरमाथाजस्तो उच्च मनोबलका साथ खेल्न शुभकामना दिँदै साफ यु–१७ मा नेपालको इतिहास राम्रै रहेकाले यो नतिजालाई कायम राख्न अनुरोध गर्नुभयो । मन्त्री चौधरीले आफ्नो व्यक्तिगत प्रतिनिधित्व गर्न नभई नेपालको प्रतिनिधि भएर जाँदैछु भन्ने महशुस गर्न खेलाडीलाई आग्रह गर्नुभयो ।

एन्फका अध्यक्ष नेम्वाङले नयाँ फुटबल रंगशाला निर्माणका लागि जग्गा खोज्ने काम भइरहेको बताउनु भयो । साथै उहाँले दुवै नेपाली टोलीलाई राष्ट्र सम्झेर खेल्दै जितेर आउन शुभकामना दिनुभयो ।

नेपालको यु–२० युवा टोलीले एशियन कप छनोट चरणमा समूह ‘बी’ मा रहेर प्रतिष्पर्धा गर्दैछ । उक्त समूहमा आयोजक चाइनिज ताइपेइ, बहराइन, उब्जेकिस्तान र कम्बोडिया छन् । नेपालले आफ्नो पहिलो खेल कम्बोडियासँग आगामी सेप्टेम्बर २१ म खेल्नेछ । नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईसँग सेप्टेम्बर २३ मा र उब्जेकिस्तानसँग आगामी २५ तारिखमा खेल्ने तय छ ।

दुई दिनपछि ताइपेइ सिटीमा नेपालले बहराइनविरुद्ध चुनौती प्रश्तुत गर्नेछ । समूहमा पहिलो हुने टोलीले आगामी सन् २०२५ मा चीनमा आयोजना हुने यु–२० एशियन कपमा सिधै स्थान बनाउनेछ ।