२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदिति रावले साउथ अभिनेता सिद्धार्थसँग विवाह गरिन्



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री अदिति राव हैदरी र साउथ अभिनेता सिद्धार्थले बिहे गरेका छन् ।

तेलंगानाको वानापर्थीमा रहेको ४०० वर्ष पुरानो श्रीरंगपुर मन्दिरमा उनीहरुले गोप्य रुपमा विवाह गरेका थिए जसमा परिवारका सदस्यहरु मात्र सहभागी थिए ।

दुवैले विवाहको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् । यसका साथै उनीहरुले एकअर्काका लागि मनमोहक नोट पनि लेखेका छन् ।

सिद्धार्थ र अदितिले २०२१ मा तमिल–तेलुगु फिल्म ‘महासमुद्रम’मा सँगै काम गरेका थिए । त्यसपछि यी दुईबीचको निकटता बढेको हो । ‘सिद्धार्थ’ले रंग दे बसन्ती र ‘चश्मेबद्दूर’जस्ता चर्चित बलिउड फिल्ममा समेत काम गरिसकेका छन् ।

अदिति राव हैदरी दक्षिण र हिन्दी चलचित्रकी चर्चित अभिनेत्री हुन् । उनले ‘पद्मावत’, ‘बोस’, ‘रकस्टार’ र ‘मर्डर–३’ जस्ता फिल्ममा काम गरिसकेकी छन् ।

अदिति र सिद्धार्थ दुवैको यो दोस्रो विवाह हो । सिद्धार्थको पहिलो विवाह सन् २००३ मा मेघना नामकी युवतीसँग भएको थियो । यो विवाह २००७ मा टुटेको थियो । अदितीको पहिलो विवाह अभिनेता सत्यदीप मिश्रसँग भएको थियो, जब उनी २१ वर्षकी थिइन् । चार वर्षपछि दुवैको सम्बन्धविच्छेद भयो ।