४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

नेपाली पर्यटक भित्र्याउन काठमाडौंमा इन्डोनेसियाको सेल्स मिसन

नेपाली पर्यटक भित्र्याउन काठमाडौंमा इन्डोनेसियाको सेल्स मिसन
अ+ अ-

काठमाडौं । इन्डोनेसियाको पर्यटन तथा कृयटिभ–इकोनोमी सम्बद्ध मन्त्रालय तथा एजेन्सीले इन्डोनेसियालाई नेपाली पर्यटकहरूका लागि मन पर्ने गन्तव्यको रूपमा कायम राख्न काठमाडौँमा बिक्री मिसन गरेको छ ।

सेल्स मिसनमा मन्त्रालय, बङ्गलादेश र नेपालस्थित इन्डोनेसियाली दूतावास सहित ३० भन्दा बढी पर्यटन उद्योग तथा कम्पनीहरूले सहकार्य गरेका थिए । सेल्स मिसनमा मन्त्रालय, बङ्गलादेश र नेपालस्थित इन्डोनेसियाली दूतावास सहित ३० भन्दा बढी पर्यटन उद्योग तथा कम्पनीहरूले सहकार्य गरेका थिए । इन्डोनेसियामा नेपाली पर्यटकको सँख्यामा सकारात्मक वृद्धि देखिएकाले इन्डोनेसियाले थप प्रवर्द्धनका कार्यक्रम ल्याएको हो ।

नेपालबाट इन्डोनेसिया जाने पर्यटकको संख्या सन् २०२२ को तुलनामा सन् २०२३ मा १८६ प्रतिशतले बढेको थियो । पर्यटक स‌‌ख्या सन् २०२४ को जनवरीदेखि जुलाईसम्ममा सन् २०२३ को सोही अवधिको तुलनामा ५,०५८ वा ७०.४८ प्रतिशतले वृद्धि भएको थियो। सन् २०२३ को सोही महिनाको तुलनामा नेपाल आउने पर्यटकको संख्या ९१.९ प्रतिशतले बढेको छ ।

इन्डोनेसिया टुरिजम अपडेट दिँदै इन्डोनेसियाको टुरिजम तथा क्रियटिभ इकोनोमी मन्त्रालयकी पर्यटन उपमन्त्री नी माडे आयु मार्थिनी नि माडे ले इन्डोनेसिया भ्रमण गर्ने नेपाली पर्यटकको बढ्दो संख्याले आफूहरू उत्साहित रहेको बताइन् ।

पर्यटकको संख्या बढाउन सेल्स मिशन र सचेतना अभियान जस्ता प्रवर्द्धनात्मक गतिविधिहरू नियमित रूपमा सञ्चालन गर्ने पनि उनले बताइन् । पर्यटकको बढ्दो सँख्याले इन्डोनेसिया नेपाली पर्यटकहरूका लागि अझ बढी लोकप्रिय हुँदै गइरहेको र साहसिक पर्यटनको नयाँ गन्तव्यको रूपमा पनि विकसित भइरहेको मार्थिनीले बताइन् ।

सेल्स मिसनमा सहभागीहरूले नेपाली पर्यटकलाई इन्डोनेसिया आउन अझै पनि दुई वटा चुनौती कनेक्टिभिटी र भिसा रहेको बताए । नेपालसँग प्रत्यक्ष सम्पर्क नभए पनि अन्य सहर वा पर्यटकीय हब भएका देशहरू, जस्तै मलेसिया, सिँगापुर लगायतको कनेक्टिभिटीलाई उपयोग गर्नु पर्ने मार्थिनीले बताइन् ।

मलेसिया एयरलाइन्स, एयर एसिया वा हिमालय एयरलाइन्स साथै सिंगापुर, भियतनाम, बैंकक विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्ससँग सहकार्य गरेर पर्यटकलाई सहज सेवा दिन सकिने मार्थिनीको भनाइ थियो ।

नेपाली पर्यटकहरूले इन्डोनेसिया भ्रमण गर्न भिसाको लागि बढी रकम तिर्नुपर्ने गुनासोलाई सम्बोधन गर्दै मार्थिनीले इन्डोनेसियाको भ्रमण प्याकेज अन्य देशको तुलनामा उचित मूल्यको भएकाले भिसा शुल्कले भार नपर्ने बताइन् ।

काठमाडौँमा भएको वन्डरफुल इन्डोनेसिया सेल्स मिसनमा बाली र त्यसभन्दा बाहिरका पाँच वटा नयाँ गन्तव्यहरू प्रस्तुत गरिएको थियो । जसमा लेक टोबा, बोरोबुदुर मन्दिर, मण्डलिका, लाबुआन बाजो र लिकुपाङका ५ सुपर मुख्य गन्तव्यहरू समावेश थिए । सो अवसरमा सेल्स मिसनले माइस पर्यटन (बैठक, प्रोत्साहन, सम्मेलन र प्रदर्शनी), परिवार, विवाह, हनिमुन र विलासितासहित नयाँ पर्यटन उत्पादनहरू पनि प्रस्तुत गरेको थियो।

सेल्स मिसनले सिंगापुर वा मलेसियाबाट सहजै पुग्ने गन्तव्यको रूपमा बाटम बिन्टान लाई अघि सारेको जानकारी गराएको छ । सिंगापुरबाट जो बाटम–बिन्टान पुग्न १ घण्टा भन्दा कम समय लाग्ने र सो गन्तव्यमा निलो लगुन, वाटर स्पोर्ट्स र अन्य प्राकृतिक आकर्षण रहेका छन् । बाटम बिन्टान बाहेक, बान्डुङ्गलाई द्रुत रेल सेवाले जोडेर जकार्ताबाट ३० मिनेटमा पुग्न सकिने तथा ब्रोमो पुग्न सुराबाया एयरपोर्ट हुँदै बालीबाट एक घण्टाको उडानमै पुग्न सकिन्छ।

नेपाल भ्रमणका क्रममा उपमन्त्री मेड मार्थिनीले बङ्गलादेश र नेपालका लागि इन्डोनेसियाका राजदूत हेरु हर्तान्तो सुबोलोसँग नेपाल पर्यटन बोर्डका अधिकारीहरूसँग भेट गरी पर्यटन क्षेत्रमा सहयोग सुदृढ गर्न दुवै पक्षको प्रयास र प्रतिबद्धताबारे छलफल पनि गरेका छन् । सेल्स मिसनले ‘इन्डोनेसियामा नेपाली पर्यटकहरूलाई सहज पहुँच प्रदान गर्न सरोकारवालाहरूसँग थप सहकार्य जारी राख्ने प्रतिबद्धता पनि जनाएको छ ।