२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा सभामुखको रुलिङको विरुद्धमा जाने छुट सांसदहरुलाई छैनः महेश बर्तौला



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सभामुखको रुलिङको बिरुद्धमा जाने छुट सांसदहरुलाई नरहेको बताउनुभएको छ ।

आईतवार सिंहदरबारमा सभामुख देवराज घिमिरेसँगको प्रमुख सचेतकहरुको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा (माओवादी केन्द्र) का सांसदहरुले सभामुख घिमिरेले रुलिङ गरिसक्नुभएको विषयलाई लिएर संसद अवरुद्ध गर्ने भनिरहेको भन्दै संसदमा सभामुखको रुलिङ नमान्ने अधिकार नरहेको बताउनु भयो ।

उहाँले नियमावलीअनुसार नियमापत्तिको निर्णय गर्ने अन्तिम अधिकार सभामुखलाई हुने भन्दै सभामुखको रुलिङ नमाने कसको मान्नुहुन्छ ? भन्दै माओवादी सांसदहरुलाई प्रश्न गर्नुभयो ।

उहाँले सभामुखको रुलिङ हरेक सांसदले मान्ने कर्तव्य हुने बताउनु भयो । सभामुखको रुलिङबिरुद्ध आन्दोलन गर्ने कुरा बेठिक भएको बताउनु भयो । यसले माओवादीको संसदीय प्रणालीमाथि र उसको निष्ठामाथि प्रश्न सिर्जना गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसदको प्रभावकारिताका सन्दर्भमा बैठक बोलाउनु भयो । केही दिनअघि माओवादी संसदीय दलले आजबाट हाउस अवरुद्ध गर्ने निर्णय गर्नुभयो । त्यो निर्णयको कारण के थियो भने नेकपा एमालेका मान्य सांसद योगेश भट्टराईजीले माओवादीको र हिंसात्मक आन्दोलनको सन्दर्भसँग जोडेर एउटा विषय राख्नुभयो । त्यसमा माओवादीका तर्फबाट नियमापत्ति भएको थियो । त्यो नियमापत्तिको निर्णय गर्ने अन्तिम अधिकार हाम्रो नियमावली बमोजिम सम्माननीय सभामुखज्युलाई छ ।

सम्माननीय सभामुखज्युले आज भन्दा अघिल्लो बैठकमा उहाँले निर्णय सुनाउनु भयो । जुन शब्द असंसदीय रहेन, यो शब्द हटाइरहन परेन भन्नुभयो । उहाँहरुले सभामुखको त्यो निर्णयको बिरुद्धमा आन्दोलन गर्ने, संसदमा आन्दोलन गर्ने घोषणा गर्नुभयो ।

संसद अवरुद्ध गर्ने, चल्न नदिने निर्णय गर्नुभयो । यो बीचमा सभामुखज्युले समाधानका लागि पहल गर्नुभयो । यो महत्वपूर्ण छ । सम्माननीय सभामुखज्युले गरेको रुलिङ हेरक सांसदहरुले मान्नुपर्छ । हरेक सांसदले मान्ने कर्तव्य हुन्छ ।

नियमावलीले त्यो भन्छ । नियमापत्तिमाथि निर्णय गर्ने अधिकार सभामुखको हुन्छ । जुन निर्णय अन्तिम हुन्छ । जुन निर्णय सबैले मान्नुपर्छ । त्यसको खिलाफमा गएर माओवादी साथीहरुले जुन ढंगले निर्णय अस्वीकार गर्ने र निर्णय नसच्याएसम्म आन्दोलन गर्ने कुरा गर्नुभयो । यो बेठिक छ ।

यसले माओवादीको संसदीय प्रणालीमाथि र उसको निष्ठामाथि यसले प्रश्न सिर्जना गरेको छ । सभामुखज्युले संसदमा भनेको कुरा नमान्ने हो भने सभामा कसले भनेको कुरा मान्ने हो ? कसले गरेको रुलिङ आत्मसाथ गर्ने ? यो गम्भीर प्रश्न छ । संसदको प्रतिष्ठा जीवन्त राख्नेकुरामा नियमावलीले जे भन्छ, त्यस बमोजिम हामी सबै चलौँ ।’

प्रमुख सचेतक बर्तौलाले संसदको प्रतिष्ठा जीवन्त राख्नेकुरामा नियमावलीले भनेअनुसार चल्न माओवादी सांसदहरुसँग आग्रह गर्नुभयो ।