२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नायिका नन्दिता केसी आमा बन्दै



अ+ अ-

काठमाडौं । नायिका नन्दिता केसी आमा बन्ने भएकी छन् । सामाजिक सन्जालमार्फत् उनले पहिलो सन्तानलाई जन्म दिन लागेको जानकारी दिएकी हुन् ।

नन्दिताले परिवार र श्रीमानसँगको तस्बिर राख्दै फेसबुकमा लेखेकी छिन्- ‘सन्तानालाई गर्भमा हुर्काउँदै गर्दा आफूलाई भाग्यमानी महसुस गरिरहेका छौं ।’

इन्स्टाग्राम मार्फत श्रीमानसँगको रोमान्टिक तस्वीर सेयर गर्दै उनले आफू आमा बन्न लागेको जनाएकी हुन् ।

उनले लेखेकी छिन्- ‘नारीले पाएको मातृत्वको वरदान र पुरुषले पाएको जगत पिताको वरदान । सन्तानलाई गर्भमा हुर्काउँदै गर्दा आफूलाई भाग्यमानी महसुस गरिरहेका छौं,‘भगवानको आशीर्वाद र मातापिताको साथमा आफन्तजन र सम्पूर्ण शुभचिन्तकको आशीर्वादलाई शिरोपण गर्दैछौं ।’फोटोमा नन्दिताले ‘सुन टु वि ममी’ र उनका श्रीमानले लगाएको टिसर्टमा ‘सुन टु वि ड्याडी’ लेखिएको छ ।

गत वर्ष फागुन १९ गते उनले अरविन्द्र कटुवाल सँग विवाह गरेकी थिइन् । उनीहरू लामो समयदेखि अमेरिका बस्दै आएका छन् ।