• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

चालु आवको दोस्रो त्रैमासमा ग्लोबल आईएमई नाफामा सबैभन्दा अगाडि



काठमाडौँ ।  चालु आवको दोस्रो त्रैमासिकको विवरण अनुसार भने ग्लोबल आईएमई बैंक नाफामा अग्रपङ्क्तिमा रहेको छ । नम्बर वान बैंकको रुपमा देखिएको छ । यसअघि नबिल र एनआईसी एसिया बैंक नाफामा अगाडि रहेका थिए । 

ग्लोबल आईएमई बैंकले चालु आवको दोस्रो त्रैमासिकमा १५ प्रतिशतले नाफा बढाएको छ । गत आर्थिक वर्षको सोही त्रैमासमा कुल रु दुई अर्ब ३१ करोड नाफा गरेको ग्लोबल आईएमई बैंककले चालु आवको दोस्रो त्रैमासिकमा रु २ अर्ब ६६ करोड नाफा गरेको छ । यो सबै बैंकभन्दा बढी नाफा हो ।

यस्तै नाफाका हिसाबले दोस्रो स्थानमा एनआईसी एसिया बैंक रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा रु दुई अर्ब छ करोड नाफा गरेको एनआईसी एसिया बैंकले चालु आवको दोस्रो त्रैमासिकमा रु दुई अर्ब ४० करोड नाफा गरेको छ । एनआईसी एसिया बैंकको नाफा गत आवको तुलनामा १६।४७ प्रतिशतले बढेको हो ।

त्यस्तै नाफामा नबिल बैंक तेस्रो बनेको छ । यसअघि नाफामा नम्बर एक बनेको नबिल बैंक यो पटक भने तेस्रो बनेको छ । नबिलले गत आर्थिक वर्षको सोही अवधिमा रु दुई अर्ब एक करोड नाफा गरेकामा चालु आवमा रु दुई अर्ब १८ करोड नाफा गरेको छ । जुन गत आवको सोही त्रैमासिकको तुलनामा ८।२० प्रतिशत बढी हो ।

चालु आवको दोस्रो त्रैमासमा प्रभु बैंक, प्राइम कमर्सियल बैंक, कुमारी, एभरेष्ट र नेपाल बंगलादेश बैंकको नाफा भने घटेको छ । गत वर्षको सोही अवधिको तुलनमा ती बैंकको नाफा घटेको हो । 

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सिभिल बैंकले भने सबैभन्दा बढी नाफा गरेको छ । यो बैंकले अघिल्लो आवको सोही अवधिको तुलनामा नाफा १४८ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा रु २० करोड नाफा गरेको बैंकले चालु आवको दोस्रो त्रैमासिकमा कुल रु ५० करोड नाफा गरेको छ ।