१० भाद्र २०८३, बुधबार
,
Latest
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘होस्टेल ३’ मा कुन भूमिकामा देखिँदैछन् आर्यन सिग्देल र परीक्षा लिम्बु ?



अ+ अ-

काठमाडौं। यसै साता छायाङ्कनमा जान लागेको नेपाली चलचित्र ‘होस्टेल ३’ मा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन्। निर्माण पक्ष र सिग्देलबीच गत बुधवार सम्झौता भएको हो।

आर्यन सिग्देल यो चलचित्रमा महत्त्वपूर्ण ‘वार्डेन’को भूमिकामा देखिनेछन्। निर्देशक सशान कँडेल पछिल्लो समय अत्यन्तै व्यस्त हुँदा पनि आर्यनले ‘होस्टेल ३’ मा काम गर्न लागेकोमा खुसी देखिए। ‘उहाँले निभाउने ‘वार्डेन’को भूमिका चलचित्रको मेरुदण्ड हो। यस अघि पनि ‘होस्टेल’ शृङ्खलामा वार्डेनको भूमिका चर्चित थियो, तर यस पटकको भूमिका अझै बलियो छ,’ कँडेलले बताए।

सिग्देलसँगै अभिनेत्री परीक्षा लिम्बु पनि चलचित्रमा अनुबन्धित भएकी छन्। निर्देशक कँडेलले उनको विशेष भूमिकामा अभिनय रहने जानकारी दिएका छन्। यसअघि, आर्यन र परीक्षाले चलचित्र ‘पुजार सार्की’मा सँगै काम गरेका थिए।

‘होस्टेल ३’ आगामी फागुन १६ गते विश्वभर एकसाथ रिलिज हुने तयारीमा छ। बुधवार नै जापान, मध्यपूर्व र मलेसियाका लागि चलचित्रको वितरण अधिकार बिक्री भइसकेको छ। जापानका लागि यूएनए इन्टरटेन्मेन्टका उज्ज्वल गुरागाईँले वितरण अधिकार लिएका छन् भने मध्यपूर्व र मलेसियाका लागि आशिष पुरुषले वितरण अधिकार लिएका छन्।

चलचित्रमा आर्यन र परीक्षासँगै ‘कुल ब्वाय’ अर्थात् पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ लगायतका कलाकारहरूले अभिनय गर्दैछन्।

‘होस्टेल’ शृङ्खलाले नयाँ स्टारहरू जन्माउनेको रूपमा ख्याति कमाएको छ। पहिलो ‘होस्टेल’ चलचित्रबाट अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठले डेब्यु गरेका थिए भने ‘होस्टेल रिटर्न्स’बाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सुशील सिटौला जस्ता कलाकारले डेब्यु गर्दै नेपाली चलचित्रमा सफलता हासिल गरेका थिए। वि।सं। २०७० सालमा रिलिज भएको ‘होस्टेल’ र २०७२ मा रिलिज भएको ‘होस्टेल रिटर्न्स’ घरेलु बक्स अफिसमा सफल भएका थिए।

‘होस्टेल ३’ को स्क्रिप्ट माधव शर्माले लेखेका हुन् भने कथा निर्देशक कँडेलकै हो। यसलाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गर्दै छ। कार्यकारी निर्माता शङ्कर कोइराला, निर्माता कर्ण कार्की र गोविन्द अधिकारी हुन्। सह(निर्माताहरूमा सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा छन् भने लाइन प्रोड्युसर भेषराज गौतम हुन्।