५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोलकाता बलात्कार–हत्या प्रकरणः सीबीआईले आरोपीको नार्को टेस्ट माग्यो



अ+ अ-

एजेन्सी । केन्द्रीय अनुसन्धान ब्युरोले कोलकाताको सियालदह अदालतमा आर जी कार अस्पताल बलात्कार र हत्याका आरोपी सञ्जय रोयको नार्को–विश्लेषण परीक्षण गर्न अनुमति मागेको छ ।

आरोपीलाई शुक्रबार बन्द कोठा सुनुवाईका लागि सियालदह अदालतमा पेश गरिएको थियो । नार्को टेस्ट अनिवार्य भएकाले आरोपीको स्वीकृति पनि लिइएको छ ।

यसअघि रोयसहित आर जी कार कलेजका प्रिन्सिपल र अन्यको पोलिग्राफ परीक्षण भइसकेको छ ।

यसैबीच, कलेजको सेमिनार हलमा अगस्ट ९ देखि स्नातक तह दोस्रो वर्षमा अध्ययनरत छात्राको बलात्कार र हत्याको विरोधमा जुनियर डाक्टरहरूले स्वास्थ्य भवन अगाडि विरोध प्रदर्शन जारी राखेका छन् ।

बिहीबार पश्चिम बङ्गालका मुख्यमन्त्री ममता बनर्जीले जारी विरोधका बीच आफ्नो पदबाट राजीनामा दिन तयार भएको घोषणा गर्नुभयो ।

“म पश्चिम बङ्गालको मुख्यमन्त्रीबाट राजीनामा दिन तयार छु । मलाई पदको चिन्ता छैन । म पीडितको न्याय चाहन्छु । मलाई सर्वसाधारणलाई चिकित्सा सेवा पाउनेमा चिन्ता छ ।”

उहाँले आन्दोलनरत चिकित्सकलाई कुनै कारबाही नहुने पनि आश्वासन दिनुभयो ।