६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

नेपथ्य अमेरिका शृंखला २०२४ सम्पन्न: ह्यारिसबर्गका दर्शकले गरे आत्मीय बिदाइ

नेपथ्य अमेरिका शृंखला २०२४ सम्पन्न:  ह्यारिसबर्गका दर्शकले गरे आत्मीय बिदाइ
अ+ अ-

ह्यारिसबर्ग (पेन्सिलभानिया):  कन्सर्ट सकिएपछि नेपथ्य गायक अमृत गुरुङले भने, ‘यसपाला अमेरिकामा न्यानो माया पायौँ । जोगले जुराएछ भने फेरि पनि भेटौँला । मिलेर बस्नुस् है । धन्यवाद !अमृतको यो ह्यारिसबर्ग सहरसँग मात्र बिदाइ थिएनयसपाला झन्डै डेढ महिना लामो अमेरिका यात्रामा सातवटै सहरका प्रत्येक हल खचाखच भरिने गरी जम्मा भएका तमाम दर्शकप्रतिको आभार पनि थियो । प्रतिउत्तरमा पेन्सिलभानियाको राजधानी ह्यारिसबर्गको दी फोरम अडिटोरियममा भरिएका दर्शकले लामो ताली बजाए ।

ह्यारिसबर्गमा आयोजना भएका नेपाली कार्यक्रममा आजसम्मै आफूले यति ठूलो जमघट कहिल्यै नदेखेको बताउने स्थानीय आयोजक नीरज आलेमगर नेपथ्यको यो कन्सर्ट हरेक दृष्टिले यस भेगका नेपालीको लागि ऐतिहासिक बन्न पुगेको दाबी गर्छन् । केटाकेटीदेखि लिएर हजुरबा उमेरसम्मका मानिस आफ्नै धुनमा रमाएका देखिन्थे,’ नीरजले थपे, ‘यति धेरै संख्यामा दर्शक आकर्षित गर्न सफल नेपथ्यको कन्सर्टभरि सिंगो हल उचालिएको दृश्य अद्भुत र अविस्मरणीय रह्यो ।थोरै मानिसको बसोबास भएका नेपालीमाझ ध्यानमा नपर्ने यो सहरमा पनि नेपथ्यको कन्सर्ट भव्य हुनुले यो राज्यमा नेपाली समुदायको उपस्थिति बाक्लिँदै गएको इंगित गरेको थियो ।

पहिलो पटक यो सहरमा उपस्थित भएको नेपथ्यले झन्डै सय वर्षको इतिहास बोकेको दी फोरम हलमा आफूलाई उभ्याएको थियो । यो हल नियमित रूपमा प्रस्तुत भइरहने ह्यारिसबर्ग सिम्फोनी अर्केस्ट्राको आयोजनास्थलका रूपमा पनि चिनिन्छ ।

नेपालीभाषीको बाहुल्य रहेको दर्शकको समूहमै थिए रोन्डा हेस् र एलन मास्टर्स । एप्पल कम्पनीमा ग्लोबल अपरेसन म्यानेजरको जागिर त्यागेर यो शान्त सहरमा सहज जीवन बिताइरहेकी रोन्डा पतिका साथ नेपथ्यको दर्शक बन्न आइपुगेकी थिइन् ।

भनेका कुरा त एउटै पनि बुझेनौँ । तरमञ्चका कलाकारको अभिव्यक्तिभित्र के कस्ता भावना थिए भन्ने चाहिँ मज्जाले अनुभूत भइरहेको थियो । ती कुराप्रति दर्शकले जनाएको प्रतिक्रिया पनि उत्तिकै आनन्ददायी लाग्यो । हलभरि दर्शक ऊर्जाले भरिएका थिएउनीहरूको देशप्रेम र गौरवबोधले हामीलाई पनि आत्मीयता अनुभूत गरायो ।

रोन्डाका अनुसार उनीहरूको छेउमा बसेका नेपाली दर्शक यति मिजासिला थिए कि यी अमेरिकी दम्पतीलाई बुझाउनका निम्ति हरेक कुरा अनुवाद गरिदिन खोजिरहेका थिए ।

यो कन्सर्टमा आएर नेपाल र नेपालीप्रति विकास भएको सकारात्मक धारणाले नेपाल भ्रमण गर्न प्रेरित गरेको छ,’ उनले भनिन् ।

निर्धारित तालिका अनुसार शनिबार बेलुकी ठीक ६ बजे हलका ढोका खुलेका थिए । त्यसैगरी ठ्याक्कै ८ बजे कन्सर्ट सुरु भएको कार्यक्रममा स्थापनाकालीन आँगनैभरिदेखि भर्खरै रेकर्ड भएको पचासै वर्षमा जुग कहाँ पुग्यो निसम्म सबै गीतमा दर्शकले नाचेरगाएर साथ दिएका थिए ।

दुवैतर्फको उत्साह र उत्तेजनाले कन्सर्टको सुरुवातदेखि नै मञ्च र दर्शकदीर्घाबीच एक किसिमको बन्धन विकास हुँदै गएको देखिन्थ्यो ।

नेपाली जहाँ गए पनि भाषाले हामीलाई आपसमा बाँधेको छ,’ अमृतले अनुरोध गरे, ‘यो भाषालाई भावी सन्ततिसम्म विस्तार गरौँ है ।

पुनर्बास गराइएका भुटानी शरणार्थी उल्लेख्य संख्यामा रहेको यो राज्यमा नेपालीभाषी समुदायको एकताबद्ध जीवन्त उपस्थिति देख्नपाउँदा खुसी लागेको अमृतले उल्लेख गरे ।

शनिबारको कन्सर्टमा यस सहरभन्दा परैदेखि आएका दर्शक पनि उत्तिकै भेटिन्थे । तिनैमध्ये एक थिइन् आफ्ना पतिका साथ भर्जिनियादेखि आएकी समा अर्याल ।

डीसी वरपर हुने प्रायः नेपाली कार्यक्रममा हामी जाने गर्छौं । नेपथ्यको यसपालिको भव्य कन्सर्टले आजसम्मै हेरेका अन्य नेपाली कार्यक्रमलाई बिर्साइदिएको छ । त्यसैले मेरिल्यान्डको कार्यक्रमले धित नमरेर यहाँसम्म तानियौँ ।

नेपथ्यको अनुभवलाई विश्वस्तरकै ब्यान्डसँग तुलना गर्न सकिने रहेछ,’ कन्सर्ट सकिएपछि समाको प्रतिक्रिया थियो, ‘ब्यान्डदेखि लिएर प्राविधिक र व्यवस्थापनसम्म सबै अन्तर्राष्ट्रियस्तरको लाग्यो ।

ब्यान्डले रातो र चन्द्रसुर्जे’ गीतमार्फत गौरवगाथा गाइरहँदा आफूजस्ता दर्शकले पनि नेपाली हुनुको गर्व महसुस गर्ने गरेको उनले जानकारी दिइन् ।  यसरी राष्ट्रिय गौरवदेखि सामाजिक चेतका सन्देशसहित नेपथ्यका सार्वकालिक हिट लोकरक गीतहरू कन्सर्टमा समेटिएको थियो । कार्यक्रमभरि पटक पटक नेपाली पहिचानको पक्षमा विचार राखेका अमृतले स्वदेश घुम्नुपर्ने आह्वानलाई दोहोर्याए ।

पैदलै गाउँबस्ती पुगेर गीत संकलन गर्दाको अनुभव पनि उनले सुनाए । पदयात्राका क्रममा उनैले खिचेका पृष्ठभूमिका तस्बिरले पनि उनका भनाइलाई सघाइरहेको देखिन्थ्यो ।

गत १० वर्षमा हामीले कैयौँ नेपाली कार्यक्रम आयोजना र संयोजन गर्यौं तर नेपथ्यको यो टुरनिःसन्देह हालसम्मकै अब्बल अनुभव रह्यो,’ नेपथ्यको अमेरिका यात्राको केन्द्रीय संयोजन गर्ने मोमो इन्टरटेनमेन्टका विपिन थकालीले भने, ‘सबै सहरमा कायम रहेको उत्कृष्ट प्रस्तुति र हलको क्षमता अनुसारको दर्शकको उल्लेख्य उपस्थितिले हामी यहाँका आयोजकको साख र मनोबल बढाएको छ । साथै नेपाली कार्यक्रमको आयोजनाको मापदण्डलाई नै नयाँ उचाइमा पुर्याएको छ ।

कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामाबेस गितारमा सुबिन शाक्यगितारमा नीरज गुरुङमादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

यस वर्ष कोलोराडोको डेनभरबाट सुरु भएको अमेरिका यात्रा त्यसपछि क्रमशः क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोओहायो राज्यको कोलम्बसटेक्सासको डालासन्युयोर्कमेरिल्यान्ड र अन्त्यमा पेन्सिलभानियाको ह्यारिसबर्गमा प्रस्तुत भएपछि अब ब्यान्ड स्वदेश फर्कने तयारीमा जुटेको छ ।

 

फोटोहरु: दिपित राज / नेपालय