१ चैत्र २०८१, शुक्रबार
March 14, 2025 Friday
Latest
आधारभूत तह उत्तीर्ण परीक्षा समितिको बैठक सार्क राष्ट्रका विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन गराउन तयारीका लागि समिति गठन परोपकार प्रसूति अस्पतालको अध्यक्षमा डा पाण्डे नियुक्त पशुपति क्षेत्रको ऐतिहासिक अग्निहोतृशाला वैशाखदेखि सञ्चालन हुने पूर्वविशिष्टलाई आजीवन सुविधा दिन लागेको भन्दै अनर्गल प्रचार गरियोः उपप्रधानमन्त्री सिंह रुखले च्यापिएर दैलेखमा दुई जनाको मृत्यु पारा एथलेटिक्स टोली स्वदेश फर्कियो मलङ्गवामा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते गैरकानूनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास संचालन गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ नयाँ प्रधानमन्त्रीका रूपमा शपथ लिंँदै कार्नी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङ दुर्घटना: पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष बुढाको मृत्यु



अ+ अ-

बागलुङ । गलकोट नगरपालिका–२ भुङ्खानीमा भएको जीप दुर्घटनामा गाउपालिका उपाध्यक्षसहित ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा रुकुमपुर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढामगरसहित ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

पुथा उत्तरगंगा गाउँपालिका १२ घर भएकी ३३ वर्षीय पाध्यक्ष बुढाको दुर्घटनामा मृत्यु भएको बागलुङ प्रहरी प्रवक्ता डीएसपी विजय यादवले जानकारी दिए ।अन्य दुई जनाको भने पहिचान हुन बाँकी छ ।

आज बिहान पौने ९ बजेतिर रा १ झ २०० नम्बरको सरकारी गाडी  भुङखानीमा दुर्घटना भएको थियो ।  घाइतेहरुलाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको छ ।