२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यले बनायो ऐतिहासिक रेकर्ड, तोलामा कति पुग्यो ?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज (शुक्रबार) सुनको मूल्यले पुन: नयाँ रेकर्ड बनाएको छ ।

गत बुधबार मात्रै रेकर्ड बनाएको सुनको मूल्य लगातार बढ्दै आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

आज सुन प्रतितोला तीन हजार रूपैयाँले बढ्दै एक लाख ५६ हजार तीन सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला दुई हजार नौ सय रूपैयाँ बढी हो । पछिल्लो रेकर्डमा सुन प्रतितोला एक लाख ५३ हजार चार रूपैयाँमा कारोबार भएको थियो ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ६५ रूपैयाँले बढ्दै एक हजार आठ सय ६० रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।