• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

सुनको मूल्यले बनायो ऐतिहासिक रेकर्ड, तोलामा कति पुग्यो ?



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज (शुक्रबार) सुनको मूल्यले पुन: नयाँ रेकर्ड बनाएको छ ।

गत बुधबार मात्रै रेकर्ड बनाएको सुनको मूल्य लगातार बढ्दै आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

आज सुन प्रतितोला तीन हजार रूपैयाँले बढ्दै एक लाख ५६ हजार तीन सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला दुई हजार नौ सय रूपैयाँ बढी हो । पछिल्लो रेकर्डमा सुन प्रतितोला एक लाख ५३ हजार चार रूपैयाँमा कारोबार भएको थियो ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ६५ रूपैयाँले बढ्दै एक हजार आठ सय ६० रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।