• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

कोशी प्रदेशमा मन्त्रिमण्डल विस्तार, कांग्रेसका ४ मन्त्रीले लिए शपथ



विराटनगर । कोशी सरकारका नवनियुक्त कांग्रेसका ४ मन्त्रीले शपथ लिएका छन् ।

शुक्रबार प्रदेश प्रमुख परशुराम खापुङले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

यो सँगै हिक्मतकुमार कार्की नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । नवनियुक्त मन्त्रीहरूमा भूपेन्द्र राई भौतिक पूर्वाधार विकास मन्त्रालय, खगेनसिंह हाङ्गाम उद्योग, कृषि तथा सहकारी मन्त्रालयर सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नियुक्त भएका छन् । भूमिप्रसाद राजवंशी भने भौतिक पूर्वाधार विकास मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएका छन् ।