९ भाद्र २०८३, मंगलवार
,
Latest
कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिभिल बैंकका कर्मचारीद्वारा १० जना कोभिड संक्रमितलाई प्लाज्मा दान



अ+ अ-

काठमाडौं । सिभिल बैंक लिमिटेडले १० वर्ष पूरा गरेको अवसरमा १० जना कोरोना संक्रमितलाई प्लाज्मा दान गर्ने बताएको छ । बैंकले १० वर्ष पूरा गरेको अवसरमा कोरोना संक्रमित भई निको भएका १० जना कर्मचारीहरुबाट कोरोना संक्रमितलाई प्लाज्मा दान गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले जानकारी दिए ।

उनले बुधबार बैंकको १० औं वार्षिकोत्सवमा बोल्दै १० जना कर्मचारीबाट प्लाज्मा दान गर्ने बताएका हुन् । यस्तै उनले टुँडीखेलमा खाना खानेलाई १० दिन निःशुल्क खाना खुवाउने पनि जानकारी दिए । कम्तिमा १० जना कोभिड-१९ संक्रमितलाई बचाउन सकिन्छ भन्ने सोचले प्लाज्मा दान गर्न लागिएको उनले बताए । देशभर सिभिल बैंकका २ सय जना कर्मचारीहरु कोरोना संक्रमित भएका थिए । जसमध्ये एक जना सुरक्षा गार्डको निधन पनि भएको थियो ।