१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलमानले लगाए २६७ करोडको घडी



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता सलमान खानले हालै अमेरिकी लक्जरी घडी र ज्वेलरी ब्रान्ड ज्याकब एण्ड कम्पनीका मालिक ज्याकब अरावोलाई भेटेका थिए ।

यस अवसरमा ज्याकबले सलमानलाई आफ्नो लक्जरी घडी बिलियनियर आईआईआई लगाउन लगाएका थिए । विशेष कुरा के छ भने यो घडीको मूल्य १६७ करोड भारु (नेपाली करिब २६७ करोड) छ र यसमा ७१४ सेतो हीरा जडिएको छ ।

आफ्नो इन्स्टा अकाउन्टमा यो भिडियो सेयर गर्दै ज्याकबले लेखेका छन्, ‘मैले कहिल्यै कसैलाई ‘बिलियनेयर’ लगाउन दिइनँ, तर सलमान अरूभन्दा फरक छन् ।’

क्लिपमा ज्याकबले सलमानलाई आफ्नै हातले घडी लगाएको देखिन्छ । त्यो लगाएपछि सलमानले उनलाई अँगालो हालेर क्यामेरातिर हात देखाए र लग्जरी घडी देखाए ।

बिलियनेयर आईआईआई एक लक्जरी घडी हो जसको मूल्य २६७ करोड रुपैयाँ रहेको बताइएको छ । यसमा १५२ वटा सेतो हीरा र ७६ वटा हीरा जडिएका छन् । यस घडीको ब्रेसलेटमा ५०४ सेतो कट हीरा छन् ।

यो २१६ क्यारेटको घडीमा पहेंलो हीरा पनि जडिएको छ । म्याडोना, रिहाना र क्रिस्टियानो रोनाल्डोजस्ता अन्तर्राष्ट्रिय सेलिब्रेटीहरू ज्याकब अरावो घडी र गहना लगाउँछन् ।

कामको कुरा गर्दा सलमानको अर्को फिल्म ‘सिकंदर’ रहेको छ । अहिले उनी मुम्बईमा यो फिल्मको सुटिङ गरिरहेका छन् । यसलाई एआर मुरुगादासले निर्देशन गर्दैछन् भने साजिद नाडियाडवालाले निर्माण गरिरहेका छन् । फिल्ममा सलमानका अलावा रश्मिका मन्दना, प्रतिक बब्बर र सत्यराज पनि देखिनेछन् । आगामी वर्षको इदमा फिल्म रिलिज हुनेछ ।