२ श्रावण २०८३, शनिबार
,
Latest
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियताः अतिक्रमण हटाउने अभियान जारी रहने सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा मनसुन थप सक्रिय हुँदैः बागमती प्रदेशको पहाडि क्षेत्रमा भारी वर्षा ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलाइका अरोराका बुबाले गरे आत्महत्या, भवनको सातौं तलाबाट हाम फाले



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री मलाइका अरोराका पिता अनिल अरोराले बुधबार बिहान आत्महत्या गरेका छन् । घटना बिहान ९ बजेको हो ।

अनिलले बान्द्रास्थित आशा मैनार भवनको सातौं तलाबाट हाम फालेर आत्महत्या गरेका हुन् । आत्महत्याको कारण पत्ता लाग्न सकेको छैन । अनिल अरोरा केही समयदेखि बिरामी रहेको बताइएको छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा सुसाइड नोट पनि फेला पारेको छैन । शव पोष्टमार्टमका लागि पठाइएको छ । शवलाई बाबा अस्पतालमा राखिएको छ ।

मलाइकाले बुबाको निधनको खबर पाउँदा उनी पुणेमा थिइन् । जानकारी पाएलगत्तै उनी तुरुन्तै मुम्बई प्रस्थान गरिन् । मलाइकाका पूर्व पति अरबाज खान परिवारका साथ घटनास्थल पुगेका छन् ।

अनिल अरोरा पञ्जाबी हिन्दू परिवारका हुन् । उनी मर्चेन्ट नेभीमा काम गर्दथे । उनले मलयाली क्रिश्चियन परिवारबाट आएका जोयस पोलिकर्पसँग विवाह गरेका थिए । विवाहको केही वर्षपछि अनिल र जोइसको सम्बन्धविच्छेद भयो । विवाहपछि अनिल र जोइस दुई छोरीका आमाबुवा बने जसका नाम मलाइका र अमृता अरोरा रहेको छ ।