४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलाइका अरोराका बुबाले गरे आत्महत्या, भवनको सातौं तलाबाट हाम फाले



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री मलाइका अरोराका पिता अनिल अरोराले बुधबार बिहान आत्महत्या गरेका छन् । घटना बिहान ९ बजेको हो ।

अनिलले बान्द्रास्थित आशा मैनार भवनको सातौं तलाबाट हाम फालेर आत्महत्या गरेका हुन् । आत्महत्याको कारण पत्ता लाग्न सकेको छैन । अनिल अरोरा केही समयदेखि बिरामी रहेको बताइएको छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा सुसाइड नोट पनि फेला पारेको छैन । शव पोष्टमार्टमका लागि पठाइएको छ । शवलाई बाबा अस्पतालमा राखिएको छ ।

मलाइकाले बुबाको निधनको खबर पाउँदा उनी पुणेमा थिइन् । जानकारी पाएलगत्तै उनी तुरुन्तै मुम्बई प्रस्थान गरिन् । मलाइकाका पूर्व पति अरबाज खान परिवारका साथ घटनास्थल पुगेका छन् ।

अनिल अरोरा पञ्जाबी हिन्दू परिवारका हुन् । उनी मर्चेन्ट नेभीमा काम गर्दथे । उनले मलयाली क्रिश्चियन परिवारबाट आएका जोयस पोलिकर्पसँग विवाह गरेका थिए । विवाहको केही वर्षपछि अनिल र जोइसको सम्बन्धविच्छेद भयो । विवाहपछि अनिल र जोइस दुई छोरीका आमाबुवा बने जसका नाम मलाइका र अमृता अरोरा रहेको छ ।