३ आश्विन २०८१, बिहीबार
,
Latest
दुर्घटना हुँदा दुईजनाको मृत्यु प्रयोगविहीन भयो झोलुङ्गे पुल कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ सुनको मूल्य तोलामा आठ सयले घट्यो अराजक, अशिष्ट र अमर्यादितहरूको क्रिडास्थल समाज नेपालीले चाहेका छैनन्ः प्रधानमन्त्री पहिचानका पाँच आधार र सामर्थ्यका चार आधारको भरमा दश प्रदेशको संरचना बनाउनुपर्छः डा. बाबुराम भट्टराई टुँडिखेलमा यसरी मनाईयो संविधान दिवस (फोटोफिचर) काम गरेर देखाउने बाहेकको एजेण्डा छैनः प्रधानमन्त्री ओटावामा नेपाल‐ क्यानडा परराष्ट्रमन्त्रीस्तरीय वार्ता सम्पन्न सङ्घीयता कार्यान्वयनले यसवर्ष नयाँ उचाई र गति लिनेछ: मुख्यमन्त्री कार्की
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नुवाकोटको साततले दरबार पुन:निर्माणमा जुटे चिनियाँ



अ+ अ-

त्रिशूली, (नुवाकोट) । भूकम्पले क्षतिग्रस्त नुवाकोटको साततले दरबारसहित यस आसपासका धार्मिक एवं पुरातात्विक सम्पदाको पुन:निर्माणमा चिनियाँ पक्ष जुटेको छ । नौ वर्षअघिको भूकम्पले भत्काएका यहाँका सम्पदाको पुन:निर्माण गर्ने जिम्मेवारी चीन सरकारले लिएको थियो ।

चिनियाँ पक्षले अब भने नियमित काम अघि बढाउने जनाएको विदुर नगरपालिकाको प्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो । चिनियाँ पक्षको मागअनुसार दरबार क्षेत्रसम्म निर्माण सामग्री पुर्याउन सडक पहुँचमार्ग, नियमित र भरपर्दो विद्युत् प्रसारण लाइन, निर्माण सामग्री राख्ने स्थलका साथै पानीको प्रबन्ध मिलाइएको छ ।

भूकम्पले क्षति पुर्याएका संरचना पुन:निर्माणमा सहयोग पुर्याउने कार्यक्रमअन्तर्गत नेपाल र चीन सरकारबीच नुवाकोटको साततले दरबारसहित यहाँको धार्मिक तथा पुरातात्विक महत्वका विभिन्न आठवटा संरचनाको पुन:निर्माण गर्ने समझदारी भएको हो ।

सम्झौताअनुसार पहिलो चरणमा साततले दरबारसहित दरबार परिसरमा रहेको गारदघर र रङमहलको आवश्यकताका आधारमा पुन:निर्माण तथा प्रवलीकरण गरिने चिनियाँ पक्षले जनाएको छ । त्यसपश्चात् लिच्छविकालीन तलेजु ९तुलजा भवानी०को मन्दिर, सेतोपाटी, लामपाटी, विष्णु र नारायण मन्दिरको पुन:निर्माण गर्ने योजना छ । सबै सम्पदाको मौलिकपन कायम गरिने नुवाकोट दरबार हेरचाह कार्यालयका प्रमुख सुनिल पौडेलले जानकारी दिनुभयो ।

विसं २०७६ जेठमा भएको सम्झौताअनुसार ४५ महिनाभित्र दरबारसहितको संरचना निर्माणको जिम्मेवारी चीन सरकारले लिएको थियो । त्यसपश्चात् सोही वर्षको असारमा दरबार पुन:निर्माणअन्तर्गत कार्यप्रारम्भ गर्न चिनियाँ पक्ष कार्यक्षेत्रमा आइपुगेको थियो ।

द्विपक्षीय सम्झौतापश्चात् असारमा काम गर्न आएको चिनियाँ टोली ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’ले यहाँको सम्पदालाई थप क्षति हुन नदिन खट बनाएर नयाँ वर्ष मनाउन भन्दै फर्किएको थियो । विसंं २०७६ को मङ्सिर अन्तिम साता चीनमा देखापरेको कोरोना सङ्क्रमणका कारण चिनियाँ टोली फर्केको थिएन । त्यसको तीन वर्षपश्चात् २०७९ साल असोजमा चिनियाँ प्राविधिक टोली आएर साततले दरबारको भूमितह, गारो र छानाको वस्तुस्थिति अध्ययनपश्चात् प्रवलीकरण गरेर फर्किएको थियो । रासस