११ पुष २०८१, बिहीबार
,
Latest
संघीय निजामती सेवा ऐन इच्छा पूर्ति गर्ने दस्तावेज नबनोस् स्रोत नखुलेको ९२ लाख नगद सहित तीन व्यक्ति पक्राउ यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णय -सूचीसहित ‘उकाली ओराली गर्दै’ काठमाडौँमा सोनु निगम सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन काँग्रेस–एमाले सहमत जलवायु सम्मेलनका लागि कम्तिमा तीन वर्ष एउटै कर्मचारी राख्ने व्यवस्था गर्न माग जापान एयरलाइन्समा साइबर आक्रमण राष्ट्रिय एकताका लागि समावेशी शासन प्रणाली आवश्यक: सञ्चारमन्त्री गुरुङ अन्तर्राष्ट्रिय सम्मेलनमा जाँदा भाषण सुनेर फर्किने होइन, निर्णय गराएर आउनुस्ः प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा खोलाको मापदण्डबारे फैसला गर्ने न्यायाधीशलाई महाअभियोग लगाउन संघर्ष समितिको माग



अ+ अ-

काठमाडौं।  उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति तथा खोला मापदण्ड सरोकार समूहले नदी आसपासमा २० मिटर छाड्नुपर्ने अदालतको आदेश र काठमाडौँ महानगरको सूचना कार्यान्वयन नगर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।

समूहका अध्यक्ष सुमन सायमी नेतृत्वको टोलीले बालुवाटार पुगेर प्रधानमन्त्रीलाई ज्ञापन पत्रसहित ध्यानाकर्षण गराएको हो ।

अदालतको उक्त आदेश कार्यान्वयन भए उपत्यकाका लाखौँ मानिसहरू समस्यामा पर्ने उनीहरुको भनाई छ । ‘काठमाडौं महानगरपालिकाको प्रमुख स्तरीय निर्णयलाई खारेज गरी सर्वोच्च अदालतको फैसला विरुद्ध पुनरावलोकन गरी जनविरोधी कार्य रोक्न जोडदार माग गर्दछौं,’ ध्यानाकर्षण पत्रमा लेखिएको छ ।

समितिले हाल कायम २० मिटरको छाड्नुपर्ने मापदण्डमा थप २० मिटर पनि छाड्नुपर्ने भनेर फैसला सुनाउने सर्वोच्चका न्यायाधीशद्वय आनन्द मोहन भट्टराई र विनोद शर्मालाई महाअभियोग लगाउन समेत माग गरेको छ ।