३ आश्विन २०८१, बिहीबार
,
Latest
एम्बुलेन्स सञ्चालनमा आएपछि स्थानीय खुसी च्याम्पियन्स लिगः पिएसजीको संघर्षपूर्ण जित इन्टरसँग बराबरीमा रोकियो सिटी ‘जोङ्ग’ गुफा, जसले प्राचीन सभ्यताको झल्को दिन्छ ! पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : सभापति देउवा जनताको अवस्था बदल्न ढृढताका साथ अघि बढौँ : अध्यक्ष दाहाल संविधानमार्फत् सबै नेपाली बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध : पूर्वराष्ट्रपति भण्डारी संविधान संशोधन थप उपलब्धिका लागि हुनुपर्छ : अध्यक्ष दाहाल इमान्दारितापूर्वक संविधान पालना गर्न सबैलाई प्रेरणा मिलोस् : सभामुख घिमिरे
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपिका पादुकोणले छोरी जन्माइन्



अ+ अ-

एजेन्सी । दीपिका पादुकोण र रणवीर सिंह अभिभावक बनेका छन् । दीपिकाले छोरीलाई जन्म दिएकी हुन् ।

अभिनेत्रीलाई शनिबार दिउँसो मुम्बईको गिरगाउँ क्षेत्रस्थित एचएन रिलायन्स अस्पतालमा भर्ना गरिएको थियो ।

उनीसँगै रणवीर सिंह र उनको परिवार पनि थिए । दीपिकाले यही वर्ष फेब्रुअरी २८ मा सामाजिक सञ्जालमार्फत आफ्नो गर्भावस्थाको घोषणा गरेकी थिइन् ।

उनले एक पोस्ट सेयर गर्दै सेप्टेम्बर २०२४ मा बच्चालाई जन्म दिने बताएकी थिइन् ।

दीपिका पादुकोणले सन् २०१८ मा रणवीर सिंहसँग विवाह गरेकी थिइन् । दुवैको पहिलो भेट फिल्म ‘गोलियों की रासलीलाः रामलीला’ को सेटमा भएको थियो । सँगै काम गर्दागर्दै दुवै प्रेममा परे र ५ वर्षको सम्बन्धपछि दुवैले विवाह गरे ।

दीपिका र रणवीर ‘गोलियों की रासलीलाः रामलीला’, ‘पद्मावत’, ‘बाजीराव मस्तानी’ र ‘८३’ मा सँगै देखिएका छन् । यसबाहेक दीपिकाले रणवीरको फिल्म ‘सर्कस’ मा पनि क्यामियो गरेकी छिन् ।