१० भाद्र २०८३, बुधबार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपिका पादुकोणले छोरी जन्माइन्



अ+ अ-

एजेन्सी । दीपिका पादुकोण र रणवीर सिंह अभिभावक बनेका छन् । दीपिकाले छोरीलाई जन्म दिएकी हुन् ।

अभिनेत्रीलाई शनिबार दिउँसो मुम्बईको गिरगाउँ क्षेत्रस्थित एचएन रिलायन्स अस्पतालमा भर्ना गरिएको थियो ।

उनीसँगै रणवीर सिंह र उनको परिवार पनि थिए । दीपिकाले यही वर्ष फेब्रुअरी २८ मा सामाजिक सञ्जालमार्फत आफ्नो गर्भावस्थाको घोषणा गरेकी थिइन् ।

उनले एक पोस्ट सेयर गर्दै सेप्टेम्बर २०२४ मा बच्चालाई जन्म दिने बताएकी थिइन् ।

दीपिका पादुकोणले सन् २०१८ मा रणवीर सिंहसँग विवाह गरेकी थिइन् । दुवैको पहिलो भेट फिल्म ‘गोलियों की रासलीलाः रामलीला’ को सेटमा भएको थियो । सँगै काम गर्दागर्दै दुवै प्रेममा परे र ५ वर्षको सम्बन्धपछि दुवैले विवाह गरे ।

दीपिका र रणवीर ‘गोलियों की रासलीलाः रामलीला’, ‘पद्मावत’, ‘बाजीराव मस्तानी’ र ‘८३’ मा सँगै देखिएका छन् । यसबाहेक दीपिकाले रणवीरको फिल्म ‘सर्कस’ मा पनि क्यामियो गरेकी छिन् ।