४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु

खरको छानामुक्त गाउँपालिका अभियान

खरको छानामुक्त गाउँपालिका अभियान
अ+ अ-

डोटी । जिल्लाको बोगटान फुड्सिल गाउँपालिकाले गाउँलाई खरको छानामुक्त बनाउने अभियान शुरु गरेको छ । रकम अभावमा जस्तापाता खरीद गर्न नसकेर खर तथा परालले छाना छाउँदै आएका नागरिकको घर गाउँपालिकाले जस्ता पाताले छाइदिन थालेको हो ।

यो गाउँपालिकालाई जिल्लामै पहिलो खरको छानामुक्त गाउँपालिका बनाउने अभियान स्वरुप बजेट विनियोजन गरेर नै यो अभियान शुरु गरिएको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताउनुभयो । गाउँपालिकाभित्र निम्न आय भएका ७०० घरधुरीको छानो खर र परालका छन् । सबै घरका छानो हटाउन गाउँपालिकाले चालू आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन गरेर त्यस्ता घरको छाना जस्तापाताले निःशुल्क छाउने अभियान शुरु गरेको गाउँपालिका अध्यक्ष गड्सिलाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “निम्न आय भएका गाउँपालिकाभित्रका  सबै नागरिकको खरको छाना हटाउने अभियान शुरु गरेका छौँ, निकट भविष्यमै हाम्रो गाउँपालिका खरको छानामुक्त पालिका हुनेछ ।” गाउँपालिकाले खरको छानामुक्त बनाउने अभियान शुरु गरेपछि अहिले त्यहाँका गाउँमा रहेका खरले छाएका घरमा जस्तापाता लगाउन थालिएको बताइएको छ । रकम अभावमा जस्तापाता खरीद गर्न नसकेर खर तथा गाजो ९कयार० ले छाना छाउँदै आएका त्यहाँका नागरिकको घर गाउँपालिकाले निःशुल्करुपमा जस्ता पाताले छाइदिन थालेको गाउँपालिकाका प्रेस सल्लाहकार कर्णबहादुर चन्दले जानकारी दिनुभयो । 

निम्न आय भएकाको घरको छाना वर्षौंदेखि खर, पराल र गाजो ९कयार० ले छाएका छन् । खरले घरको छाना छाउँदा आगलागी हुने तथा वर्षात्को समयमा चुहिने हुँदा यहाँका नागरिकलाई निकै समस्या हुँदै आएपछि गाउँपालिकाले खरको छानामुक्त अभियान सञ्चालन गरेको गाउँपालिका उपाध्यक्ष भगवती बमले बताउनुभयो । उहाँले भन्नुभयो, “खरको छानाले नागरिकलाई निकै सास्ती हुँदै आएको थियो, हामीले स्थानीय तहको निर्वाचनको समयमा खरका छाना हटाउने वचनबद्धता दिएका थियौँ, अहिले खरका छाना हटाउन थालेका छौँ ।”

गाउँपालिकाले चालू आर्थिक वर्षमा पर्याप्त बजेट छुट्याइ खरको छानामुक्त बनाउने अभियान सञ्चालन गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शङ्खर सुचिकारले बताउनुभयो । अहिलेसम्म कम्तीमा पनि ३०० को हाराहारीमा खरका छाना हटाइएको उहाँले जानकारी दिनुभयो । खरको छानामुक्त अभियान पहिलो चरणमा लेकाली क्षेत्रका बस्तीबाट शुरु गरिएको गाउँपालिकाले जनाएको छ । 

चिसो मौसम हुने तथा लेकाली क्षेत्रका ग्रामीण बस्तीका सबैजसो घरका छाना अहिले खरले छाइसकिएको गाउँपालिका अध्यक्ष गड्सिलालले बताउनुभयो । उहाँले भन्नुभयो, “आगलागी बढी हुने तथा पानी बढी मात्रामा पर्ने यहाँका लेकाली क्षेत्रबाट हामीले खरको छाना हटाउन थालेका छौँ, प्रायः अधिकांश बस्तीका छाना हटिसकेका छन् ।” 

खरको छाना हटाएर जस्तापाता लगाउन थालिएपछि यहाँका विभिन्न गाउँ रमणीय तथा झिलीमिली देखिन थालेको बोगटान फुड्सिल गाउँपालिकाका स्थानीयवासी कमलबहादुर बमले जानकारी दिनुभयो । जिल्लामा स्थानीयवासीका खरले छाएका छानामुक्त गराउने अभियान सञ्चालन गर्ने बोगटान फुड्सिल गाउँपालिका पहिलो गाउँपालिका बनेको छ । दुई नगरपालिका तथा सात गाउँपालिका रहेको डोटीमा अन्य गाउँपालिकाले अहिलेसम्म उक्त अभियान सञ्चालन गर्न सकेको छैन । 

गाउँपालिकाले पालिकाभरिमा रहेका सबै घर एकै रङका बनाउने अभियान अन्तर्गत खरका छाना हटाउने अभियान शुरु गरेसँगै यहाँका घर अहिले रमणीय तथा मनमोहक बनेका अर्का स्थानीय गणेशबहादुर बमले बताउनुभयो । उहाँले भन्नुभयो, “खरले छाएका सबै घरमा एकै किसिमका रङका छाना बनाइएपछि अहिले यहाँका गाउँघर होमस्टेजस्तै मनमोहक बनेका छन्, घर पनि सुन्दर र चिटिक्क बनेका छन् ।” 

घरका छानामा एकै रङका जस्ताका पाता लगाउँदा गाउँको सौन्दर्यसमेत बढेको स्थानीयवासी बताउँछन् । जस्तापाताले घर छाउन थालिएपछि खरको छानो भएको एउटा घरमा आगलागी भए गाउँनै जलेर खरानी हुने त्रास पनि हटेको उहाँको भनाइ छ । खरको छाना हटाउँदापछि प्रयोग गरिने काठबाहेक अन्य सबै खर्च गाउँपालिकाले ब्यहोर्दै आएको जनाइएको छ । “सबैलाई समान ढङ्गबाट जस्तापाता वितरण गरेका छौं”, अध्यक्ष गड्सिलाले भन्नुभयो, “सडक र पुल निर्माण मात्रै विकास होइन, नागरिकलाई सुरक्षित रूपमा बसाउन पाउनु पनि स्थानीय सरकारको दायित्व हो ।” विपन्न समुदायको आवासलाई सुरक्षित बनाएर गाउँको मुहार फेर्ने अभियानमा गाउँपालिका लागेको उहाँको भनाइ छ । खरका छाना हटाएर आफ्ना घरमा जस्तापाता लगाइएपछि त्यहाँका नागरिक निकै खुशी भएका छन् । रासस