१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

ढोरपाटनको नवी गाउँमा जग्गा चक्लाबन्दी गरि स्याउखेती

ढोरपाटनको नवी गाउँमा जग्गा चक्लाबन्दी गरि स्याउखेती
अ अ+ अ-

ढोरपाटन । बागलुङको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा जग्गा चक्लाबन्दी गरि स्याउखेती सुरु गरिएको छ ।

परम्परागत रुपमा खेती गरिँदै आएको स्याउले राम्रो उत्पादन नदिएपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ बागलुङको सहयोगमा गत वर्षदेखि आधुनिक प्रविधिको प्रयोग गरि खेती गर्न थालिएको हो । ढोरपाटनमा वर्षौ अगाडिदेखि नै स्याउखेती गर्दै आए पनि अपेक्षित रुपमा उत्पादन हुन सकेको थिएन ।

आर्थिक वर्ष २०८०/८१ मा नवी गाउँको दुई सय ८० रोपनी जमिन चक्लाबन्दी गरि स्याउ लगाइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ बागलुङका प्रमुख नारायण पौडेलले जानकारी दिनुभयो । मुस्ताङको मार्फादेखि चार हजार दुई सय बिरुवा लिएर लगाएको उहाँको भनाइ छ ।

ढोरपाटनमा राम्रो स्याउ उत्पादन हुने हावा, पानी र माटो भएको हुँदा लगानी गरेको प्रमुख पौडेल बताउनुहुन्छ । लगाइएको स्याउका बिरुवाले चार वर्षमा उत्पादन दिने भएपछि किसान पनि खुसी भएको उहाँको भनाइ छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको रु १७ लाख अनुदान र किसानको रु नौ लाख लगानीमा स्याउखेती गरिएको हो । यस गाउँमा रेड डेलिसियस, गोल्डेन डेलिसियस, रोयल डेलिसियस जातका स्याउका बिरुवा लगाएको पौडेलले जानकारी दिनुभयो ।

यस वर्ष पनि उक्त स्याउका बिरुवा राम्रोसँग हुर्काउनका लागि किसानलाई तालिमसहितका कार्यक्रम सञ्चालन गरिने उहाँ बताउनुहुन्छ । नवी गाउँको तल्लो बिजउले कृषक समूह र नवी प्रगतिशील कृषक समूहमार्फत किसानलाई जोडेर स्याउखेती थालिएको पौडलको भनाइ छ ।

उहाँले भन्नुभयो, “नवी गाउँमा पहिलेदेखि रैथाने जातका स्याउखेती गर्दै आउनुभएको रैछ, किसानहरुले राम्रो स्याहार सुसार र काँटछाँट नगर्दा उत्पादन राम्रो हुन सकेको थिएन, गत आर्थिक वर्षमा हामीहरुले किसानलाई नयाँ जातका स्याउका बिरुवा लिएर उत्पादन गर्न लगाएका छौँ, आवश्यक अनुदान र प्राविधिक सहयोग पनि गरिरहेका छौँ, यो स्याउले अबको दुई/तीन वर्षमै उत्पादन दिन्छ, किसानले बिरुवा हुर्काउन सके धेरै लाभ लिनसक्ने छन् ।”

नवी गाउँका किसान नन्दे सुनारले यस क्षेत्रमा आफूहरुले झण्डै दुई दशक अगाडिदेखि स्याउखेती गर्दै आएको जनाउँदै राम्रो लाभ भने लिन नसकेको बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ठूलो लगानी गरेर गाउँमा स्याउखेती गर्न प्रेरित गर्दा किसान उत्साहित भएको उहाँको भनाइ छ ।

ढोरपाटन आलु र स्याउका लागि प्रख्यात मानिँदै आए पनि किसानहरुमा प्राविधिक ज्ञान नहुँदा उत्पादन बढाउन नसकेको सुनार बताउनुहुन्छ । “प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट यति ठूलो सहयोग पाउँदा हामीहरु धेरै खुसी भएका छौँ, पहिले बारीहरु खाली हुन्थे, अव्यवस्थित थिए, अहिले चक्लाबन्दी गरेर स्याउ लगाएपछि बाँझो जग्गा पनि प्रयोगमा आएको छ”, सुनारले भन्नुभयो, “स्याउका बिरुवा पनि राम्रोसँग बढ्दै छन्, केही पानी र मलको कमी हुँदा मरे, तर धेरैजसो राम्रो तरिकाले हुर्किँदै गएका छन्, यि बिरुवाहरुले फल दिन थालेपछि धेरै किसानको आयआजर्नमा वृद्धि हुने अपेक्षा गरेका छौँ ।”

स्थानीय झकेन्द्र सुनारले अहिले गाउँका धेरै किसानले व्यावसायिक रुपमा स्याउखेती तर्फ चासो दिएको बताउनुभयो । गाउँमा रहेका कृषि समूहमार्फत धेरै स्थानीयलाई जोडेर स्याउखेतीमा लागेको उहाँको भनाइ छ । अहिले पनि नवी गाउँका बारीमा थुप्रै स्याउका बोट रहे पनि ती बोटमा निकै साना आकारमा फल फल्ने र मीठोसमेत नहुने सुनार बताउनुहुन्छ । रासस