४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

जडिबुटीमा स्थानीयवासीको एकाधिकार माग

जडिबुटीमा स्थानीयवासीको एकाधिकार माग
अ+ अ-

डोल्पा । डोल्पा जिल्लाका जनताले विकास निर्माणका काम शे–फोक्सुण्डो निकुञ्ज क्षेत्रमा गर्न पाउनुपर्ने र जडिबुटीमा यहाँका जनताको मात्रै एकधिकार हुनुपर्ने लगायतका माग राखेका छन् । कृषि सहकारी तथा श्रोत समिति सभापति पूर्णकुमारी सुवेदीको नेतृत्वमा स्थलगत अध्ययन भ्रमण उप–समितिका सदस्य भवानी प्रसाद खापुङ, भुपेन्द्रबहादुर थापा र राजबहादुर क्षेत्रिको टोलीले जनस्तरतमै पुगेर गरेको अन्तरक्रियामा यहाँका जनताबाट लिएका राय सुझावलाई निकुञ्ज ऐनमा संसोधनका लागि पेशगर्ने, शे–फोक्सुण्डो निकुञ्जको कोर क्षेत्रमै बस्ती भएकाले छुट्टै नियमावली बनाउनुपर्ने लगायतका कुरामा संसदमा सिफारिस गर्ने संसदीय टोलीले गरेको निकुञ्जका प्रमुख सरोजमणी पौडेलले बताउनुभयो ।

उक्त टोलीले त्रिपुरासुन्दरी नगरपालिका, ठुलिभेरी नगरपालिका, शे–फोक्सुण्डो गाउँपालिका जनतासँग निकुञ्जको काम कारवाही र निकुञ्ज क्षेत्रमा गरिने विकाससम्बन्धि बृहत छलफल गरेको थियो । निकुञ्ज स्थापना हुनु भन्दाअघिका बस्ती भएकाले गम्भिर रुपमा अध्ययन गरेर मात्रै संसदमा सिफारिस गर्ने समितिकी सभापति सुवेदीले बताउनुभयो । समितिका सदस्य तथा प्रतिनिधिसभा सदस्य राजबहादुर बुढाले निकुञ्ज क्षेत्रका जनताले कठिन जनवीवन बिताइरहेकाले निकुञ्जका लागि छुट्टै ऐन नियम बनाउन सरकारलाई सुझाव दिने बताउनुभयो ।

 निकुञ्ज विश्वकै दुर्लभ वन्यजन्तु हिँउ चितुवा, कस्तुरी, नावर, बहुमूल्य जडिबुटी यार्सागुम्बा, नेपालकै गहिरो फोक्सुण्डो ताललगायतका पक्षबाट विश्वमाझ चिनिएको छ । नेपालकै ठुलो उक्त निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको स्थलगत भ्रमण सँगै यहाँका जनताको राय सुझाव लिएर उक्त टोली फर्किएको छ । पछिल्लो समयमा निकुञ्ज क्षेत्रमा गरिने विकास निर्माणका विषयलाई लिएर निकुञ्ज, जनता र स्थानीय तहबीच बढ्दै गएको दूरीका विषयमा स्थलगत अध्ययनका लागि संसदीय टोली यहाँ पुगेको हो ।