२ माघ २०८१, बुधबार
,
Latest
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात साइकल चलाउन थालेपछि फेरियो जीवन कांग्रेस नेता कोइराला र अनमिनका तत्कालीन नेपाल प्रमुखबीच भेटवार्ता समाजवादी मोर्चाले माघ १६ गते काठमाडौं केन्द्रित कार्यक्रम गर्ने गाजा युद्धविराम सम्झौताको ‘अन्तिम चरणको तयारी’ जारी पोखरा स्वास्थ्य विज्ञानको पहिलो दीक्षान्त बिहीबार हुँदै रविको थुनछेक बहस सकियो, आजै आदेश आउने संसदीय समितिले कानूनको उत्तरविधायिकी परीक्षण (पिएसएल) बारे अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने पूर्व तयारीका कामलाई प्रभावकारी बनाइनेछ: प्रधानमन्त्री भूकम्प सुरक्षा दिवस: पूर्व तयारीका कामलाई प्रभावकारी बनाइनेछ: प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुख्खा पहिरो झर्दा जयपृथ्वी राजमार्ग अवरुद्ध



अ+ अ-

चैनपुर । बझाङको जयपृथ्वी राजमार्गमा सुख्खा पहिरो झर्दा सडक अवरुद्ध भएको छ । आज बिहान ७ बजेदेखि तमैल बजार नजिकै सुख्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि जिल्ला सदरमुकाम चैनपुरबाट छुट्ने र भित्रिने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् ।

बिहानै पाँच वटा बस मात्र सदरमुकामबाट छुटेको बस व्यवसायी जोगबहादुर दौल्यालले जानकारी दिनुभयो । उहाँले बिहान बझाङबाट धनगढी, काठमाडौँ, महेन्द्रनगर, डडेल्धुराका लागि छुटेका केही बस मात्र पार भएको र बाँकी सबै बस रोकिएको बताउनुभयो ।

सडक खुलाउन केदारस्यूँ गाउँपालिकाको झोताबाट जेसिबी आएको तर, पहिरो नरोकिँदा खुलाउन नसकेको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले जानकारी दिनुभयो । उहाँले पहिरो रोकिएपछि मात्रै सडक खुलाउन सकिने बताउनुभयो । रासस