३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनएमबि बैंकको नयाँ शाखा बुटवलको देवीनगरमा



अ+ अ-

काठमाडौं । एनएमबि बैंकले बुटवलको देवीनगरमा बुधवार नयाँ शाखा संचालनमा ल्याएको छ । यो बैंकको १७३ औं शाखा हो । हालको परिवेश र सम्बन्धित सबैको स्वास्थ्यलाई ध्यानमा राख्दै भौतिक दुरी र सुरक्षाका सम्भव उपायहरु अवलम्बन गर्दै प्रदेश कार्यालयका कर्मचारी वर्ग र बैंकको केन्द्रिय कार्यालयबाट व्यवस्थापन समितिका सदस्यहरु भने भर्चुअल रुपमै उपस्थित भई उक्त शाखाको शुभारम्भ गरिएको बैंकका लुम्बिनि प्रदेश प्रमुख मोहन केसीले बताए ।

बैंकको अब लुम्बिनी प्रदेशमा जम्मा २८ शाखाहरू पुगेका छन् र आफ्ना नवीनतम सेवा सुविधाहरू लिएर ग्राहकहरूसम्म पुग्ने क्रम बैंकले जारी राख्ने बताईएको छ । सेवा विस्तार रणनीतिको रूपमा नयाँ शाखाले देशैभरि सबै सेगमेण्टको वित्तीय आवश्यकतालाई पुरा गर्ने प्रयास गर्नुको साथै बैंकको उपस्थितिको आधारलाई मजबुत बनाउनेछ विश्वास गरिएको छ ।

बैंकले १७३ शाखाहरु, ८ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जालका साथै १०,४१६ क्यूआर र ४३४ भन्दा बढी पोस मेसिन मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।