१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताको लर्को

भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताको लर्को
अ अ+ अ-

राँझा । बाँकेको सीमावर्ती भारतीय बजार रुपैडिहामा दैनिक उपभोग्य वस्तु खरिदका लागि नेपाली उपभोक्ताको लर्को लागेको छ ।

तीजको पूर्वसन्ध्या भइसक्दा पनि नेपालगञ्ज बजारमा व्यापारको धेरै चहलपहल छैन । बजारमा उपभोक्ताको चहलपहल कम छ । सीमा पारी भारतीय बजार रूपैडिहामा किनमेल गर्ने नेपाली उपभोक्ताको चहलपहल बढेको छ । घरायसी उपभोगका सामानसँगै चाडपर्वका लागि आवश्यक पर्ने खाद्यान्न र लत्ताकपडा खरिदका लागि दैनिक हजाराौंको सङ््ख्यामा नेपाली उपभोक्ता सीमावर्ती भारतीय बजार रुपैडिहा पुग्ने गरेका छन् ।

अधिकांश उपभोक्ता नेपाली हुने भएकाले रुपैडिहामा नेपाली रुपैँया र मूल्यमा कारोबार हुने गरेको छ । व्यापारीहरुले पसलमा काम गर्ने कामदारसमेत नेपालीलाई राखेर भाषाको सहजता गरेका छन् । नेपाली उपभोक्ताको भरमा रुपैडिहा बजार चलेको स्थानीय व्यापारी सुजित वैश्यले बताउनुभयो ।

रुपैडिहा बजारमा खाद्यन्नको किराना पसल गर्दै आउनुभएका वैश्यले नेपाली चाडपर्व तीज दशैं तिहारमा नेपाली उपभोक्ताको भीडभाडले आफुहरुलाई भ्याइनभ्याइ हुने गरेको उल्लेख गर्नुभयो । यतिबेला तीजपर्वका लागि खाद्यान्नसँगै कपडा पसलमा भीडभाड रहेको उहाँको भनाइ छ ।

चाडपर्व मात्र होइन अन्य समयमा पनि दैनिक उपभोग्य सामग्रीका लागि नेपाली उपभोक्ता भारतीय बजार रूपैडिहामै निर्भर रहने गरेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

रुपैडिहा बजार नेपाली उपभोक्ताहरूको भरमा टिकेको छ । दैनिक करिब रु एक करोडको कारोबार नेपाली उपभोक्ताबाटै हुने गरेको छ । दैनिक उपभोग्यका सामान, तरकारीलगायतका वस्तु किन्न सयौं नेपाली सीमा पारि जान्छन् । नेपालगञ्जमा चाडपर्वको बेलामा पनि कारोबारमा कमी आएको श्रेष्ठको भनाइ छ ।

नेपाली उपभोक्ता भारतीय बजारमा किनमेलका लागि जाने समस्या अहिलेको होइन । नेपाली उपभोक्ता नेपालगञ्जमै रोक्ने लक्ष्य नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको प्रत्येक निर्वाचनका बेला चुनावी नारा बन्ने गर्दछ, तर निर्वाचन पछि सेलाउदै जाने गरेको छ ।

सङ्घका महासचिव भीमबहादुर रानाभाटले सस्तो पाइने लोभमा नेपाली उपभोक्ता भारतीय बजार रुपैडिहा जाने चलनले नेपालगञ्जका व्यवसायी धराशायी भएको बताउनुभयो । सस्तो पाइने लोभमा खाद्यान्नदेखि लत्ता कपडाको किनमेलका लागि पनि नेपाली उपभोक्ताको सीमावर्ती भारतीय बजार रुपैडिहामा भीड लाग्ने गरेको छ ।

“हामीले बेला बेलामा उपभोक्ता जागरण कार्यक्रम गरेर सम्झाउने काम गरेका छौं”, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव रानाभाटले भन्नुभयो, “भारतीय बजारमा सबै सामान सस्तो पाइन्छ भन्ने भ्रम नेपाली उपभोक्तामा हट्न सकेको छैन ।”

पछिल्लो एक सातायता किनमेल गर्न भारतीय बजार रुपैडिहातर्फ जाने नेपाली उपभोक्ताको भीड बढेको छ । तीजको किनमेल गर्न भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताको लर्को लागेपछि यतिबेला नेपालगञ्जका व्यापारी चिन्तित् छन् । बाँकेका ग्रामीण क्षेत्र तथा बर्दिया, दाङ, सुर्खेत, दैलेख, जाजरकोट र सल्यान लगायतका उपभोक्तासमेत किनमेलका लागि भारत जाने गरेका छन् ।