२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिकेन पुँजीबजारको उकालो यात्रा, नेप्सेमा ९० अङ्कको गिरावट



अ+ अ-

काठमाडौँ । पछिल्लो दुई  कारोबार दिन उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज उच्च अङ्कले घटेको छ । नेप्से परिसूचक ९० दशमलव ७३ अङ्क अर्थात् तीन दशमलव २० प्रतिशतले घटेर दुई हजार सात सय ३९ दशमलव ४६ को विन्दुमा कायम भएको हो ।

आज तीन सय २० कम्पनीको दुई करोड ६५ लाख ८४ हजार एक सय ९२ कित्ता शेयर एक लाख ३७ हजार एक सय ६३ पटक खरिदबिक्री हुँदा रु १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार दुई सय १५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह पाँच दशमलव १५ र होटल तथा पर्यटन समूह चार दशमलव ७४ प्रतिशतले घटेको छ ।

बैंकिङ तीन दशमलव १७, विकास बैंक दुई दशमलव २९, जलविद्युत् तीन दशमलव ५९, लगानी तीन दशमलव ५६, जीवन बीमा तीन दशमलव ७१ र उत्पादन तथा प्रशोधन समूह दुई दशमलव ५५ अङ्कले घटेको छ । त्यस्तै लघुवित्त एक दशमलव ३८, म्युचुअल फन्ड एक दशमलव ३७, निर्जीवन बीमा दुई दशमलव ७३, व्यापार दुई दशमलव ६८ र अन्य समूह तीन दशमलव ३८ प्रतिशतले घटेको छ ।

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कुमारी इक्विटी फण्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रु ३० करोड ५२ लाख ६१ हजार तीन सय ११ बराबरको खरिदबिक्री भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने अपि पावर कम्पनी लिमिटेडको सात लाख १९ हजार तीन सय ३९ कित्ता शेयर किनबेच भएको छ ।