१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

प्रजातन्त्र र गणतन्त्रको रक्षाका लागि काँग्रेस–एमालेबीच कुनै मतभेद छैन: सभापति देउवा

प्रजातन्त्र र गणतन्त्रको रक्षाका लागि काँग्रेस–एमालेबीच कुनै मतभेद छैन: सभापति देउवा
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बहुदलिय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा काँग्रेस र एमालेबीच मतभेद नरहेको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा नेपाल निजामति कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले प्रजातन्त्र र गणतन्त्रको रक्षका लागि काँग्रेस र एमोलबीच कुनै मतभेद नरहेकाले पूरा समर्थन रहने बताउनु भयो । उहाँले देशको अवस्था चुनौतिपूर्ण रहेको भन्दै कर्मचारीहरुमा अझ यसको प्रभाव पर्ने बताउनु भयो । उहाँले चुनौतिलाई बुझेर काम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले एमाले र काँग्रेस मुख्य प्रतिष्पर्धी राजनीतिक दल भएको उल्लेख गर्दै कतिपय ठाउँमा समस्या भएपनि समस्याको समाधान गर्नु नै आफूहरुको कर्तव्य भएको बताउनु भयो । यसबारेमा कुनै चिन्ता नलिइकन सरकारले गरेका निर्णयहरुको कार्यान्वयन गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो । संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई अझ बढी स्थायी गराउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको बेला चुनौतिपूर्ण ढंगको अवस्था पनि छ । चुनौतिपूर्ण अवस्थामा कर्मचारी युनियनका साथीहरु अझ बढी जागरुक हुनुहुनेछ । कहाँ चुनौति छ, सबैले बुझ्नुभएको छ । प्रजातन्त्रिक प्रणालीलाई हामीले जोगाउनु छ । त्यसमा हामी सबै लाग्नुछ । यसका सम्बन्धमा आफ्ना आफ्ना मतभेद होलान् । एमालेसँग काँग्रेस र काँग्रेससँग एमाले पार्टीको होलान् । तर एउटा कुरामा यो बहुदलिय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा हामी दुई पार्टीका बीचमा कुनै मतभेद छैन । त्यसकारण पूराका पूरा समर्थन छ हाम्रो । खास खास कुरामा हाम्रो एउटै धारणा भएको हुनाले त्यस्तो कुरा छैन । एमाले र काँग्रेस पार्टी मुख्य प्रतिष्पर्धी हौँ । कति कुरा समस्या हुन सक्छन् । समस्याको समाधान गर्नु नै हाम्रो कर्तव्य हो । यसमा चिन्ता लिनुपर्दैन । मलाई विश्वास छ, ओलीजी र मैले मिलेर, अरु साथीहरुले मिलेर पनि अहिले प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई अझ बढी स्थायी गराउनुपर्छ ।’

सभापति देउवाले निजामति कर्मचारी स्थायी सरकार भएको बताउनु भयो । उहाँले कर्मचारी भइसकेपछि सरकारको निर्णय मान्नुपर्ने बताउनु भयो । सरकारको निर्णय लागू गर्नु कर्मचारीको कर्तव्य भएको बताउनु भयो ।