१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

द्विपक्षीय सम्बन्ध बढाउने कुरा प्राथमिकतामा राख्छु: रुसका लागि प्रस्तावित राजदूत चौहान

द्विपक्षीय सम्बन्ध बढाउने कुरा प्राथमिकतामा राख्छु: रुसका लागि प्रस्तावित राजदूत चौहान
अ अ+ अ-

काठमाडौँ । रुसी महासङ्घका लागि प्रस्तावित राजदूत जङ्गबहादुर चौहानले द्विपक्षीय सम्बन्ध बढाउने कुरा प्राथमिकतामा राख्ने बताउनुभएको छ ।

उहाँले नेपालमा लगानी प्रवद्र्धन गर्ने, उल्लेख्य सङ्ख्यामा पर्यटक भित्र्याउने, दुई देशबीच कूटनीतिक सम्बन्ध प्रगाढ बनाउने, रुसी सेनामा भर्ती भएका नेपालीको स्वदेश फिर्ता तथा यसमा देखिएका समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो ।

संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना पेस गर्दै प्रस्तावित राजदूत चौहानले रुससँग केवल औपचारिक सम्बन्ध मात्र बनाइराख्ने अवस्थाबाट माथि उठेर लगानी तथा पर्यटन प्रवद्र्धन, सांस्कृतिक सम्बन्ध विकासलगायत क्षेत्रमा काम गर्ने बताउनुभएको हो ।

रुसले नेपालको ऊर्जा, पर्यटन, कृषि, खेलकुदलगायत क्षेत्रमा लगानी गर्न चासो देखाइरहेको उल्लेख गर्दै प्रस्तावित राजदूत चौहानले त्यसलाई वास्तविकतामा बदल्नका लागि आफूले भूमिका खेल्नसक्ने दाबी गर्नुभयो । नेपालले आफ्नो असंलग्न परराष्ट्रनीतिलाई कायम राख्दै दुईपक्षीय हितका लागि विभिन्न क्षेत्रमा सहकार्य गर्नसक्ने उहाँको भनाइ छ ।

सडक, ऊर्जा, उद्योगलगायत पूर्वाधारका क्षेत्रमा रुसबाट लगानी भित्र्याउन सकिने सम्भावना रहेको पनि चौहानले उल्लेख गर्नुभयो । रुसका नागरिकहरुले साहसिक पर्यटन निकै रुचाउने र नेपालमा यस्तो पर्यटनको निकै सम्भावना रहेको हुँदा त्यसबाट पनि नेपालले लाभ लिनसक्ने चौहानको भनाइ छ ।

त्यस्तै शैक्षिक क्षेत्रमा विभिन्न छात्रवृत्तिका कार्यक्रममार्फत रुसले नेपाली विद्यार्थी लैजाने गरेकामा पछिल्लो समय त्यस्तो सङ्ख्या घटेको उल्लेख गर्दै उहाँले त्यसलाई बढाउन सक्नेबारे आफूले पहल गर्ने पनि बताउनुभयो । रुसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फिर्ता गर्ने र थप नेपाली त्यहाँ भर्ना हुनबाट रोक्नका लागि आफूले भूमिका खेल्नसक्ने पनि उहाँको दाबी छ । आफुलाई रसियन भाषाको राम्रो ज्ञान रहेका कारण रुसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फिर्ता गर्नका लागि अझ प्रभावकारी ढङ्गले काम गर्नसक्ने उहाँले बताउनुभयो ।

रुसस्थित नेपाली दूतावासबाट उपलब्ध पछिल्लो विवरणअनुसार रुसी सेनामा भर्ती भएकामध्ये एक सय ७५ जना स्वदेश फिर्ता भइसकेका, सातजना युक्रेनमा युद्धबन्दीका रुपमा रहेका र ४३ जनाको मृत्यु भएको चौहानले बताउनुभयो । मृत्यु भएकामध्ये पाँचजनाको डिएनए परीक्षण भइसकेको, होल्डिङ सेन्टरमा राखिएका बाँकी शव चिन्न नसकिने अवस्थामा रहेका र डिएनए परीक्षण भइरहेको उहाँको भनाइ छ । बिचौलियामार्फत र व्यक्तिगत सम्बन्धका आधारमा अवैध तरिकाले गएकाले रुसी सेनामा कति सङ्ख्यामा नेपाली छन् भन्ने यकिन हुन नसकेको पनि चौहानले बताउनुभयो । रासस