१ पुष २०८२, मंगलवार
,
Latest
प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता पासाङ शेर्पाको उम्मेदवारी खारेज एमाले महाधिवेशनः ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलयालम अभिनेता निभिन पाउलीविरुद्ध बलात्कारको मुद्दा दर्ता



अ+ अ-

एजेन्सी । हेमा समितिको प्रतिवेदन बाहिर आएको केही दिनमै मलयालम अभिनेता निभिन पाउलीमाथि मंगलबार यौन शोषणको आरोप लागेको छ ।

एक ४० वर्षीया महिलाले केरलाको एर्नाकुलमको ओन्नुकल पुलिस स्टेशनमा निभिन सहित ६ जनाविरुद्ध उजुरी दिएकी छन् ।

आरोपितमा श्रेया नामकी एक महिला पनि छन् । यसबाहेक निर्माताको नाम एके सुनिल, बिनु, बशीर, कुट्टन र निभिन पाउली छन् । निभिन मुद्दामा छैटौं अभियुक्त हुन् ।

पीडित महिलाले अभिनेताले आफूलाई दुबईमा बलात्कार गरेको आरोप लगाएकी छन् । अभिनेता निभिनले भने यी आरोपहरूलाई निराधार र झुटो भनेका छन् ।

मिडिया रिपोर्टका अनुसार उजुरीकर्ता महिला पहिलो पटक आरोपी श्रेयाको सम्पर्कमा आएकी थिइन् । श्रेयाले युवतीलाई युरोपमा केयरगिभरको काम गर्ने प्रस्ताव राखेकी थिइन् । महिलाले काम नगरेपछि श्रेयाले उनीसँग पैसा फिर्ता मागेकी थिइन् । केही दिनपछि आरोपी श्रेयाले ती महिलालाई फिल्मको अफर गरिन् । यस क्रममा उनलाई लागूऔषध खुवाएर यौन शोषण गरिएको थियो । महिलाले आफूलाई विभिन्न अवसरमा ६ जना अभियुक्तले केही न केही गरेको बताएकी छन् । यी सबै घटना नोभेम्बर २०२३ मा दुबईमा भएका थिए ।