• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   अपांगता भएकाहरुलाई राज्यले सहयोगीको व्यवस्था गर्नुपर्छ: स्वास्थ्यमन्त्री पौडेल ★   मुस्लिम आयोगको आर्थिक वर्ष २०७९/२०८० वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश ★   माओवादी जनयुद्धलाई अपमानित र अवमूल्यन गर्नेकुरा सैह्य हुन्न: शक्तिबहादुर बस्नेत ★   झापामा धानबालीमा देखियो ‘सिथ ब्लाइट’ रोग ★   राष्ट्रपति बाट संसदको दुवै सदनको चालु अधिवेशन सोमवार राती देखि अन्त्य ★   जापानमा वृद्धवृद्धाको सङ्ख्या उच्च ★   मादीनदीले बगाएका बालक अझै भेटिएनन ★   कास्कीमा डेङ्गीबाट तीनको मृत्यु, ३७ सयबढी सङ्क्रमित ★   प्रतिनिधिसभाको बैठक सुरु, सहकारी छानबिन समितिको प्रतिवेदन पेस हुँदै ★   सरकारले एक महिनाभित्र भूमि समस्या समाधान आयोग बनाउँछ: भूमि मन्त्री अधिकारी

मलयालम अभिनेता निभिन पाउलीविरुद्ध बलात्कारको मुद्दा दर्ता



एजेन्सी । हेमा समितिको प्रतिवेदन बाहिर आएको केही दिनमै मलयालम अभिनेता निभिन पाउलीमाथि मंगलबार यौन शोषणको आरोप लागेको छ ।

एक ४० वर्षीया महिलाले केरलाको एर्नाकुलमको ओन्नुकल पुलिस स्टेशनमा निभिन सहित ६ जनाविरुद्ध उजुरी दिएकी छन् ।

आरोपितमा श्रेया नामकी एक महिला पनि छन् । यसबाहेक निर्माताको नाम एके सुनिल, बिनु, बशीर, कुट्टन र निभिन पाउली छन् । निभिन मुद्दामा छैटौं अभियुक्त हुन् ।

पीडित महिलाले अभिनेताले आफूलाई दुबईमा बलात्कार गरेको आरोप लगाएकी छन् । अभिनेता निभिनले भने यी आरोपहरूलाई निराधार र झुटो भनेका छन् ।

मिडिया रिपोर्टका अनुसार उजुरीकर्ता महिला पहिलो पटक आरोपी श्रेयाको सम्पर्कमा आएकी थिइन् । श्रेयाले युवतीलाई युरोपमा केयरगिभरको काम गर्ने प्रस्ताव राखेकी थिइन् । महिलाले काम नगरेपछि श्रेयाले उनीसँग पैसा फिर्ता मागेकी थिइन् । केही दिनपछि आरोपी श्रेयाले ती महिलालाई फिल्मको अफर गरिन् । यस क्रममा उनलाई लागूऔषध खुवाएर यौन शोषण गरिएको थियो । महिलाले आफूलाई विभिन्न अवसरमा ६ जना अभियुक्तले केही न केही गरेको बताएकी छन् । यी सबै घटना नोभेम्बर २०२३ मा दुबईमा भएका थिए ।