• ३० भाद्र २०८१, आईतवार
  •      Sun Sep 15 2024
  •   Unicode
Logo
Latest
★   आर्सनलले टोटेनहमलाई हरायो ★   पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो ★   बालेन बैंगलोरमा, इन्द्रजात्रामा उपस्थित नहुने ★   काठमाडौं महानगरका प्रशासकीय अधिकृत प्रदीपको सरुवा, सरोजप्रसादलाई जिम्मेवारी सरुवा (सूचीसहित) ★   संसद्को वर्षे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस ★   मन्त्रिपरिषद्को बैठक: मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने ★   उत्पादनमूलक क्षेत्रमा प्राथमिकता दिन घर जग्गा व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह ★   अर्थ मन्त्रालयद्वारा बहुवर्षीय स्रोत सहमतिको विवरण उपलब्ध गराउन ताकेता ★   सरकार बनाउने र भत्काउने खेलमा माओवादी लाग्दैनः अध्यक्ष प्रचण्ड ★   आप नेता केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा दिने

‘आफूमाथिको विश्वास नै मेरो सफलताको आधार हो’– काँस्य विजेता पलेशा



काठमाडौँ । नेपालका लागि ऐतिहासिक पदक विजेता पलेशा गोवद्र्धनले आफूमा विश्वास गर्नु नै आफ्नो जितको सबैभन्दा ठूलो हतियार रहेको बताएकी छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा बुधवार आयोजित आफ्नो स्वागत र बधाई कार्यक्रममा पलेशाले पेरिस पारालिम्पिकमा कांस्य पदक जित्नुको आधार नै आफूमाथि विश्वास गर्नु रहेको बताएकी छन् । अब गर्व पूर्वक हामीले नेपालसँग पनि ओलम्पिकको पदक छ भन्नसक्ने अवस्था रहेको बताइन् । आफूबाट देशले पदकको आशा गरेको उल्लेख गर्दै उनले कठिन क्षणमा आफूमाथि विश्वास गर्दा पदक सम्भव भएको बताएकी हुन् ।

पलेशाले पेरिस पारालिम्पिकमा महिला के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौलसमूहमा काँस्य पदक जितेकी थिइन् । यो पदक नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो हो । नेपालले ओलम्पिकमा पदक जित्न सक्दैन भन्ने अवस्थामा अब नरहने उनको भनाइ छ । पलेशाले यो पदक आफ्नो मात्र नभइ देशकै पदक रहेको प्रतिक्रिया दिँदै गर्न अभैm धेरै बाँकी रहेको बताएकी छिन् ।

प्रशिक्षक कविराज नेगी लामाले अब नेपालले पनि ओलम्पिकमा पदक जित्नसक्छ भन्ने प्रमाणित भएको बताए । प्रशिक्षक लामाले स्वर्ण जित्ने लक्ष्यसहित गए पनि शुरुमा समालिन नसक्दा पूरा नभएको उल्लेख गरेका छन् । यद्यपि यसपल्ट रिपाचेजमा काँस्य पदक जित्ने अवसर नगुमाउने रणनीतिसहित खेल्दा सफल भएको उनको भनाइ छ । प्रशिक्षक लामाले पलेशाको अथक मिहिनत र परिवारको साथबाट पनि यो पदक सम्भव भएको बताए । उनले मिहिनत गर्‍यो भने ओलम्पिकमा पदक ल्याउन सक्छौं भन्ने पलेशाले प्रमाणित गरेको बताएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुदको एउटा सपनालाई विपनामा परिवर्तन भएको र यो सफलता प्राप्त गर्न धेरै संघर्ष रहेको धारणा व्यक्त गरे । ओलम्पिकमा पाइला चालेको दशकपछि पलेशाले नयाँ इतिहासक रचेको उनले उल्लेख गरे । पदक जितेपछि खेलाडीले पुरस्कार पाउने गरी कानूनी नै निर्माण गरेको र सो अनुरूपमा पलेशाले ६५ लाख नगद पुरस्कार पाउने उनको भनाइ छ । सदस्यसचिव घिसिङले राज्यलाई पलेशाले मायाको चिनो स्वरूप पदक दिएको र त्यसबापत देशलाई उनलाई यो पुरस्कारबाट सम्मान हुने उल्लेख गरे ।

उनले अहिले पलेशा र एरिका गुरुङ ९एशियाली खेलकुदमा रजत पदक विजेता० युवाहरूका हिरोको रूपमा चर्चा गरे । उनीहरूजस्ता हिरोहरू जन्माउने खेल र प्रशिक्षकप्रति उनले आभार व्यक्त गरेका छन् । घिसिङले अब मिसन २०२६ मा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित अहिले नै तयारी शुरु भैसकेको बताए । ओलम्पिकमा पदक जित्ने इतिहासमा पलेशाले खाता खोलेको उनको भनाइ छ । यो खाता पदक थप्न कयैन् खेलाडी लाग्ने उनको विश्वास छ ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पदक जितेर पलेशाले विश्वमाझ नै देशको शीर उच्च पारेकोमा धन्यवाद व्यक्त गर्दै राष्ट्रको गौरव निर्माण गर्न सबैभन्दा पहिला खेलाडी र प्रशिक्षकलाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनले लर्को लगाएर विदेश जानुभन्दा पनि खेल विकासमा ध्यान दिन संघहरूलाई आग्रह गरे । मन्त्री चौधरीले पलेशाका प्रशिक्षक कविराज नेगी लामाले स्वयम् सेवक प्रशिक्षक अहिलेसम्म काम गर्नु दु:खको क्षण रहेको बताए । एकतवाद्ध भएर काम गर्नसके खेलकुदले देशलाई धेरै दिनसक्ने उनको विश्वास छ । त्यसअघि पेरिस पारालिम्पिक २०२४ मा नेपालका लागि ऐतिहासिक पदक विजेता पलेशा गोवद्र्धनको भव्य स्वागत गरिएको थियो । त्रिभुवन विमानस्थलमा पदक विजेता पलेशा र प्रशिक्षक कविराज नेगी लामाको भव्य स्वागत गरिएको हो ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, राखेपकै बोर्ड सदस्य अञ्जना श्रेष्ठ मास्के, तेक्वान्दोकी ओलम्पियन संगीना वैद्य, पलेशाको आमाबुबा, विभिन्न खेलका राष्ट्रिय खेलाडी र हजारौं खेलकर्मीले उनीहलाई स्वागत गरेका थिए । बाजागाजासहित त्रिभूवन विमानस्थलबाट पदक विजेता पलेशा, अर्का खेलाडी भरतसिंह महता र प्रशिक्षकलाई नगर परिक्रमा गराइदै राखेपमा विशेष कार्यक्रममार्फत स्वागत र सम्मान गरिएको थियो ।