• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   यी हुन् १० देखि ५६ वटा संसद बैठकमा गयल हुने १४ सांसद (सूचीसहित) ★   प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य ★   नेप्से परिसूचक ५७ अङ्कले घट्दा कारोबार रकम साढे सात अर्बमा खुम्चियो ★   अधिकांश धितोपत्र दलालको टिएमएसमा समस्या, कारोबार प्रभावित ★   श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाको राष्ट्रपतीय उम्मेदवारी र चर्चा ★   नेपाल र क्यानडाबीचको खेल कहाँ लाइभ हेर्ने ? ★   मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने ★   एन्फाले माग्यो पुरुष टिमको प्रमुख प्रशिक्षक, के–के चाहिन्छ योग्यता ? ★   मृतक दुई बालबालिकाका परिवारलाई पाँच/पाँच लाख दिइने ★   सहकारी छानविन समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश

तीन महिनापछि सुकेटार विमानस्थलमा हवाई उडान सुरु



ताप्लेजुङ । प्रतिकूल मौसमका कारण तीन महिनादेखि हवाई उडान हुन नसकेको सुकेटार विमानस्थलमा आजदेखि पुन: उडान सुरु भएको छ ।

मौसमको स्थितिमा क्रमिक सुधार भएसँगै उडान सुरु भएको हो । प्रतिकूल मौसमका कारण गएको जेठ ११ गतेयता उडान भएको थिएन । नेपाल वायु सेवा निगम ताप्लेजुङका प्रमुख नारायणकुमार कार्कीले ‘भिजिबिलिटी’ कम भएकाले उडान अवरुद्ध भए पनि अहिले मौसममा सुधार आएको र पर्यटकीय यामसमेत सुरु भएकाले काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान सुरु भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार तीन महिनापछि भएको उडानमार्फत काठमाडौँबाट चार यात्रु आएका छन् भने यहाँबाट दुई यात्रु काठमाडौँ गएका छन् । आगामी असोज १५ गतेसम्म साताको बुधबार एक दिन मात्र उडान तालिका राखिएको छ । त्यसपश्चात् भने सातामा तीन दिन उडान तालिका तय गरिने निगमको तयारी छ । यात्रुका लागि यहाँबाट काठमाडौँसम्म रु नौ हजार चार सय ७५ शुल्क निर्धारण गरिएको छ ।