३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूसले युक्रेनमा आक्रमण गर्दा ५१ जनाको मृत्यु: घटनाको चौतर्फी निन्दा



अ+ अ-

एजेन्सी । रूसले युक्रेनी सहर पोल्टाभामा मङ्गलबार गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तिमा ५१ जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएको अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरुका अनुसार यो आक्रमण दुई देश बाीचको साढे दुई वर्षको युद्ध अवधिकोे सबै भन्दा घातक आक्रमण हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त आक्रमणको निन्दा गर्नु भएको छ । रूसले सैन्य प्रशिक्षण सुविधा तथा नजिकैको अस्पताललाई केन्द्रित गरी प्रहार गरेको किएभले जनाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्दोश युक्रेनीको हत्या गर्ने ‘रूसी पक्षलार्ई जवाफदेही बनाउने वाचा’ गर्नुुभएको छ भने उद्धारकर्ताहरूले आक्रमणबाट प्रभावित भग्नावशेष हटाउने काम गरिरहेका छन् ।

आक्रमणबाट प्रभावित भवनको भग्नावशेषबाट मानिसहरूको ज्यान बचाउनका लागि यथाशक्य प्रयास गरिरहेको जेलेन्स्कीले बताउनुभएको छ ।

यो गम्भीर घटनाप्रति अमेरिका, जर्मनी र बेलायतलगायतका देशले गम्भीर चासो व्यक्त गरेका छन् ।

यसैबीच अमेरीकी राष्ट्रपति बाइडेनले किएभकोे रक्षा गर्न आवश्यक हवाई रक्षा प्रणाली र क्षमताहरू प्रदान गरी सैन्य सहायता जारी राख्ने वाचा गर्नुभएको छ ।

बेलायती विदेश सचिव डेभिड ल्यामीले उक्त आक्रमणलाई घृणित कार्य भन्नुभएको छ भने जर्मन विदेश मन्त्री एनालेना बेरबकले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको क्रूरताको ‘कुनै सीमा नभएको’ बताउनुभएको छ ।

मङ्गोलियाको भ्रमणपछि मङ्गलबार पुटिनले रूसको भ्लाडिभोस्तोकको यात्रा गरेको क्रेमलिनले जनाएको छ ।

पुटिनकोे मङ्गोलिया भ्रमण युक्रेनमा भएको युद्धसँग सम्बन्धित गिरफ्तारीको वारेन्ट जारी भएपछि अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का सदस्यसँगको पहिलो भ्रमण थियो ।