७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित

सांसद अमरेशकुमार सिंहमाथि गृह जिल्लामै ढुंगामुढा र नाराबाजी

सांसद अमरेशकुमार सिंहमाथि गृह जिल्लामै ढुंगामुढा र नाराबाजी
अ+ अ-

सर्लाही । स्वतन्त्र सांसद अमरेशकुमार सिंहमाथि गृहजिल्ला सर्लाहीमा नाराबाजी र ढुंगामुढा भएको छ ।

सर्लाही क्षेत्र नं.–४ का सांसद सिंहले धनकौल गाउँपालिकाका स्थानीयबासी र समर्थकमाझ मन्त्यव्य दिने क्रममा अर्को पक्षले उत्तेजक र द्वन्द फैलाउने अभिव्यक्ति दिएको भन्दै विरोध गरेको थियो । त्यसक्रममा नेपाली कांग्रेसका कार्यकर्ता र स्थानीयबासी पनि उनको विरोधमा उत्रिएका थिए ।

उनीमाथि जातीय द्वन्द्व फैल्याउने गरी भाषण गरेको आरोप कांग्रेसका कार्यकर्ताले लगाएका छन् । सिंह २०७९ सालमा भएको संसदीय चुनावमा कांग्रेस छाडेर स्वतन्त्र रुपमा विजयी भएका थिए ।

स्थानीय दुई पक्षबीच तनाव भएपछि प्रहरीले सिंहलाई समेत सुरक्षा दिएको थियो । सिंहमाथि ढुङ्गामुढा समेत भएको प्रत्यक्षदर्शीले बताएका छन् । त्यसक्रममा प्रहरी र एकजना सर्वसाधाण घाइते भएका छन् ।

उनी धनकौलस्थित एक घरमा बसिरहेको समयमा प्रहरीले सुरक्षा दिएका थिए । उता सांसद सिंहले पनि मतदातासँग छलफलमा रहेको समयमा आक्रमण प्रयास भएको बताएका छन् । उनले मतदातासँग रहेका केही तस्बिर पनि सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।