८ पुष २०८२, मंगलवार
,
Latest
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए माईतीघरमा जेनजीको नाराबाजीः ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’ –फोटोफिचर एमाले उपमहासचिव भट्टराईद्वारा सचिवालय बैठक बोलाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद अमरेशकुमार सिंहमाथि गृह जिल्लामै ढुंगामुढा र नाराबाजी



अ+ अ-

सर्लाही । स्वतन्त्र सांसद अमरेशकुमार सिंहमाथि गृहजिल्ला सर्लाहीमा नाराबाजी र ढुंगामुढा भएको छ ।

सर्लाही क्षेत्र नं.–४ का सांसद सिंहले धनकौल गाउँपालिकाका स्थानीयबासी र समर्थकमाझ मन्त्यव्य दिने क्रममा अर्को पक्षले उत्तेजक र द्वन्द फैलाउने अभिव्यक्ति दिएको भन्दै विरोध गरेको थियो । त्यसक्रममा नेपाली कांग्रेसका कार्यकर्ता र स्थानीयबासी पनि उनको विरोधमा उत्रिएका थिए ।

उनीमाथि जातीय द्वन्द्व फैल्याउने गरी भाषण गरेको आरोप कांग्रेसका कार्यकर्ताले लगाएका छन् । सिंह २०७९ सालमा भएको संसदीय चुनावमा कांग्रेस छाडेर स्वतन्त्र रुपमा विजयी भएका थिए ।

स्थानीय दुई पक्षबीच तनाव भएपछि प्रहरीले सिंहलाई समेत सुरक्षा दिएको थियो । सिंहमाथि ढुङ्गामुढा समेत भएको प्रत्यक्षदर्शीले बताएका छन् । त्यसक्रममा प्रहरी र एकजना सर्वसाधाण घाइते भएका छन् ।

उनी धनकौलस्थित एक घरमा बसिरहेको समयमा प्रहरीले सुरक्षा दिएका थिए । उता सांसद सिंहले पनि मतदातासँग छलफलमा रहेको समयमा आक्रमण प्रयास भएको बताएका छन् । उनले मतदातासँग रहेका केही तस्बिर पनि सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।