१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

पार्टीको सुझाव कार्यान्वयनका लागि सरकारलाई दबाब दिइनेछ: एमाले

पार्टीको सुझाव कार्यान्वयनका लागि सरकारलाई दबाब दिइनेछ: एमाले
अ अ+ अ-

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेकपा ९एमाले०ले पार्टीले बुझाएको ध्यानाकर्षण पत्र कार्यान्वयनका लागि सरकारलाई दबाब दिने भएको छ ।

मंगलवारबाट पार्टी मुख्यालय च्यासलमा शुुरु भएको पार्टी पोलिटब्युरो बैठकमा महासचिव शंकर पोखरेलले पेश गर्नुभएको वार्षिक कार्ययोजनामा सो विषयमा पहलकदमी लिने उल्लेख गरिएको हो । पार्टीले २०८१ साल साउन ४ गते सरकारलाई बुझाएको ध्यानाकर्षण पत्र, त्यसपछि झुलाघाट–चिवाभञ्ज्याङका लागि संकल्प यात्राका क्रममा प्राप्त भएका र तत्कालीन सरकारलाई बुझाइएको विषयहरुको कार्यान्वयनमा निरन्तर पहल गर्नका लागि प्राथमिकता दिने कुरालाई महासचिव पोखरेलद्वारा प्रश्तुत वार्षिक कार्ययोजनामा विशेष जोड दिइएको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्दप्रसाद गौतमले जानकारी दिनुभयो ।

त्यसैगरी कार्ययोजनामा कम्युनिष्ट पार्टीहरुको अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्ने, पार्टीको युवा परिचालन नीतिलाई प्रभावकारी रुपमा अघि बढाउने, पार्टी मुख्यालय भवन निर्माणका लागि समिति बनाएर त्यस कामलाई अघि बढाउने, पार्टी कमिटीको नै मूल्यांकन विधिलाई अघि बढाउनेलगायतका एजेण्डाहरु समावेश गरिएको छ । सरकारले गरेका राष्ट्रिय हित र जनसरोकारका विषयहरुलाई जनतामा स्थापित हुने गरी लैजाने विषयलाई पनि पार्टीले जोड दिएको प्रचार विभाग प्रमुख गौतमले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज पार्टी महासचिवद्धारा निर्णायक राष्ट्रिय शक्ति निर्माणका सन्दर्भमा पार्टीको वार्षिक कार्ययोजना प्रश्तुत गर्नुभयो । र त्यो वार्षिक कार्ययोजनामाथि वृहत छलफल गर्नेगरी भोलि ११ बजे बैठक आह्वान भएको छ । अहिले प्रश्तुत गरिएको कार्ययोजनामा मुलत: हाम्रो पार्टीको पार्टी सदस्यता नविकरण, त्यसको विस्तार, अभिलेखीकरणको विषय त्यहाँ प्रश्तुत गरिएको छ । र त्यसको अतिरिक्त नियमित पार्टी कमिटीहरुका र जनसंगठनका नियमित रुपमा सञ्चालन हुने अधिवेशनहरु आयोजना हुने कुरा र त्यसलाई व्यवस्थापन गर्ने कुरा त्यहाँ उल्लेख गरिएको छ । पार्टीमा प्रवेश र पार्टी अधिवेशनबाट बाहिरिएका र विदा भएका साथीहरुको पार्टी कमिटीमा व्यवस्थापन गर्ने कुरामा विशेष जोड दिइएको छ । त्यसपछि पार्टी कमिटी र कार्यकर्ताहरुको मूल्यांकनको सन्दर्भमा पार्टीले एउटा प्रश्ताव त्यहाँ प्रस्तुत गरेको छ । त्यसले अन्तिम रुप धारण गरेपछि त्यो पछि म बताउने छु । पहिले हामी कार्यकर्ताहरुको मूल्यांकनको सन्दर्भ गर्दथ्यौं । अहिले सम्बन्धित पार्टी कमिटीको मूल्यांकन गर्ने कुरालाई त्यहाँ सामेल गरेका छौं ।

व्यक्तिको मात्रै होइन, पार्टी कमिटीको पनि दिइएका टाँस्कहरु पूरा गर्छ कि गर्दैन रु नियमित रुपमा सञ्चालित छ कि छैन रु क्रियाशील छ कि छैन भन्ने विषयमा जोड दिइएको छ । त्यसपछि विधिसम्मत ढंगले पार्टी कमिटीहरुको परिचालन र पार्टी संगठनहरुमा देखिएको अन्तरविरोधहरुको व्यवस्थापन गर्ने कुरामा कुरा राखिएको छ । स्थायी रुपमा पार्टी स्कुल सञ्चालन र अभियानको रुपमा पार्टी प्रशिक्षणहरु सञ्चालन गर्ने कुरामा विशेष जोड दिइएको छ । त्यसको अतिरिक्त सरकार र जनप्रतिनिधिहरुको प्रभावकारी परिचालनको सन्दर्भमा विशेष जोड दिइएको छ । त्यसमा खासगरीकन सरकार र जनप्रतिनिधिहरुको परिचालन गर्दाखेरी जनता र राष्ट्रको हितको पक्षमा सरकारको तर्फबाट भएका कामरुलाई जनस्तरमा लगेर स्थापित गर्ने कुरा र विभिन्न विभागहरुबाट प्राप्त सुझावको आधारमा पार्टीले २०८१ साल साउन ४ गते सरकारलाई बुझाएको ध्यानाकर्षण पत्र, त्यसपछि झुलाघाट–चिवाभन्ज्याङका लागि संकल्प यात्राका क्रममा प्राप्त भएका र तत्कालीन सरकारलाई बुझाइएको विषयहरुको कार्यान्वयनमा निरन्तर पहल गर्नका लागि प्राथमिकता दिने विषयमा विशेष जोड गरिएको छ ।

जनप्रतिनिधि र पार्टी कमिटीमार्फत स्थानीय जनताको अपेक्षा र जनसमर्थन विस्तारमा योजना अनुरुप तयार पारिएको मुद्दाहरुलाई सुत्रवद्ध गरी राज्यका निकायहरुमा प्रस्तुत गर्ने कुरामा विशेष जोड दिइएको छ ।  पार्टी नेतृत्वमा रहेका पालिका र वडाहरु समेत स्थानहरुमा उनीहरुको भूमिकालाई प्रभावकारी र जनप्रिय र लोकप्रिय बनाउने कुरामा आवश्यक योजना तयार गरी कार्यान्वयन गर्ने कुरामा विशेष जोड दिइएको छ । त्यसको अतिरिक्त प्रत्येक पार्टी कार्यालयका कार्यालयहरुको व्यवस्थापन गर्ने र त्यसलाई अहिले प्रविधिमैंत्री ढंगले त्यसलाई संचालन गर्ने कुरामा विशेष जोड दिइएको छ । केन्द्रिय कार्यालय मात्रै होइन, प्रदेश कार्यालयहरु, जिल्ला कार्यालयहरु, पालिकास्तरका कार्यालयमहरुमा यसले विशेष जोड दिएको छ । यसरी नै व्यवस्थित प्रचार कार्य र प्रचारको सञ्जाल विस्तार गर्ने कुरामा यसले अलि बढता जोड दिएको छ । त्यसमा हामीले क्याटोगरिकल्ली नै प्रत्येक कमिटीहरुले आफू अन्तर्गतको कामको संयोजन गर्न सक्ने गरी व्यक्तिहरु समावेश भएका प्रचार विभागहरु गठन गर्ने, पार्टी कार्यालयहरुमा प्रचार डेस्क निर्माण गर्ने, आम प्रचारका अतिरिक्त सामाजिक सञ्जालहरुलाई प्रभावकारी रुपमा संचालन गर्नेजस्ता योजनाहरु त्यसमा सामेल गरिएको छ । त्यसरी नै कामका नयाँ क्षेत्रहरुको खोजी गर्ने र जिम्मेवारी नपाएका कार्यकर्ताहरुको परिचालन गर्ने कुरामा पनि स्थानीय पार्टी कमिटीहरुलाई प्रश्तुत गरिएको छ । र, प्रत्येक पार्टी कमिटीहरुले आफ्नो तहका बजेटहरु निर्माण पनि गर्ने, वार्षिक बजेटहरु बनाउने र स्रोत परिचालन गर्ने कुराका लागि त्यसको किटानी गर्ने कुराहरु पनि गरिएको छ ।

पार्टी जीवनको सुद्धीकरण गर्ने कुरामा विशेष जोड दिइएको छ । र आर्थिक–सामाजिक रुपान्तरण र जनचासोका विषयहरु के हुन रु त्यसमा विशेष ध्यान दिने कुरामा यसले विशेष जोड दिएको छ । र त्यसको अतिरिक्त र हामीले भन्दै आएको एउटा बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्नका निम्ति विशेष पार्टीले फोकस गरेको छ । त्यो शक्ति निर्माणका लागि के के गर्ने रु भन्ने विषयमा त्यसमा नेतृत्व विकासको योजना पहिलो छ । दोस्रो, स्थानीय तहसम्म जनसंगठन सुदृढिकरण र विस्तारको काम पनि हामीले त्यसैभित्र समावेश गरेका छौं । र नयाँ पुस्तामा पार्टी कामलाई व्यवस्थित गर्ने कुरामा पनि विशेष जोड दिइएको छ । जस्तो नयाँ पुस्तामा पार्टी काम पुर्‍याउने र नेतृत्व विकासका लागि प्रदेश कमिटीमा १० प्रतिशत, जिल्लामा १५ प्रतिशत, पालिकामा २० र वडा तथा स्थानीय पार्टी कमिटीका टोल तहमा ३३ प्रतिशत युवा सहभागिताको नीतिलाई प्रभावकारी ढंगले लागू गर्नेगरी प्रस्ताव गरिएको छ । र, प्रत्येक गाउँपालिकाले ५०, नगरपालिकाले १००, उपमहानगरपालिकाले १५० र महानगरपालिकाले २५० युवा परिचालन गर्दै नेतृत्व विकासको प्रशिक्षण प्रदान गर्ने र तिनलाई पार्टी काममा जोडने कुरामा विशेष जोड दिएको छ । त्यसको अतिरिक्त जनसम्बन्ध बिस्तार गर्ने कुरा पनि पार्टीलाई निर्णायक शक्ति बनाउने कुरामा यसले भूमिका खेल्छ । र प्रवासको पार्टी कामलाई पनि विस्तार गर्ने कुरामा जोड दिइएको छ ।

र अर्को चाँहीहाम्रो केन्द्रिय कार्यालय भवन निर्माण गर्ने कुरामा हामीले पार्टीका संगठित सदस्यहरुबाट लेवि उठाउँदा नै हन्डे«ड रुपैयाँ थप गरेर उठाउँदै आएका थियौं । त्यसलाई थप व्यवस्थित गर्ने कुरामा अगाडि बढाइएको छ । र पार्टी कार्यालय भवन निर्माण र स्रोत परिचालनका निम्ति समिति गठन गरेर नै यथाशिघ्र हामी त्यो कामलाई प्रारम्भ गर्ने कुरा हामीले भनेका छौं । हाम्रो पार्टी स्थापनाको ७५ औं हिरक वर्ष समारोहका बाँकि काम सम्पन्न गर्ने, त्यसपछि नेपाली कम्युनिष्ट आन्दोलनको आधिकारिक इतिहास लेखन, त्यो बीचमा पुगेको छ । त्यसलाई पूर्णता दिने कुरामा विशेष जोड दिइएको छ । अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्नेकुरा गरेका छौं । त्यसमा पार्टी स्थापनाको ७५ औं वर्षको सन्दर्भ पारेर माक्र्सवादको सृजनात्मक प्रयोग र सम्बन्धित मुलुकहरुका अनुभव मा केन्द्रित रहेर भाईचार कम्युनिष्ट पार्टी, श्रमिक पार्टी र वामपन्थीहरुको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने । त्यसलार्ई २०२४ नोभेम्बरको अन्त्य वा २०२५ को मार्च महिनाको दोसो हप्तामा उपयुक्त समय छनौंट गर्ने भनेर भनेका छौं ।’

एमाले पोलिटब्युरो बैठक भदौ १९ गते (भोलि)बिहान ११ बजेका लागि बोलाइएको छ । आज बैठकमा पेश गरिएको महासचिव पोखरेलको वार्षिक कार्ययोजनामाथि छलफल गर्न सो बैठक बोलाइएको पार्टीको प्रचार तथा प्रकाशन विभागले जनाएको छ । विभागका प्रमुख गौतमले सो बैठकले समसामयिक परिस्थितिबारे पनि ठोस प्रस्ताव पारित गर्ने बताउनु भयो ।